समाज

दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय

दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय

३ साउन,काठमाडौँ । सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने बैठकले निर्णय गरेको छ । यस्तै सरकारले सहिद गङ्गालाल राष्ट्रिय…
Read More
चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता

चितवनमा ३९ जनालाई अङ्गीकृत नागरिकता

३ साउन,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्षमा वैवाहिक अङ्गीकृत ३५ जना र अङ्गीकृत चार जनाले नागरिकता लिएका हुन् । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन् । यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उहाँले जानकारी दिनुभयो । सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ । एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्कअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन्…
Read More
हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

३ साउन,भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोतको रुपमा जोड्न यहाँ पदमार्ग निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा यो पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा रु एक करोड ५० लाख बजेट…
Read More
रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण

रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण

३ साउन,रसुवा । सवारी साधन उपयोग गर्दा हुनसक्ने जोखिम न्यून गर्न रसुवामा ट्राफिक नियमबारे प्रशिक्षण दिइएको छ । यात्रा गर्नुअघि सवारी साधन चढ्दा र ओर्लदा यात्रुले पालना गनर्सपर्ने कुरा, चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार तथा नीति नियमका विषयमा रसुवा ट्राफिक प्रहरीले विद्यालयस्तरसम्म जनचेतना कार्यक्रम सञ्चालन गरेको हो । ट्राफिक प्रहरीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा ७० विद्यार्थी, नौ सय ९५ व्यवसायी तथा सवारी चालक एवं परिचालक तथा एक हजार तीन सय ३४ सर्वसाधारण सहभागी थिए । गत आर्थिक वर्षमा ट्राफिक प्रहरीले एक सय ५५ पटक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । यसबाट छ हजार नौ सय चार जना लाभान्वित भएका जिल्ला ट्राफिक…
Read More
देवघाटमा ढुङ्गेधारा निर्माण

देवघाटमा ढुङ्गेधारा निर्माण

३ साउन,भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो । बागमती प्रदेश सरकारको लगानीमा ढुङ्गेधारा निर्माण गरिएको हो । आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमअन्तर्गत करिब रु २१ लाखको लागतमा ढुङ्गेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौँडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले हेटौँडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ । ढुङ्गेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ ।…
Read More
प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

३ साउन,काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत हुनुभएको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ संशोधन–२०७९) को धारा २३ बमोजिम नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षद्धय दाहाल र झालाई सल्लाहकारमा मनोनीत गर्नुभएको हो । मनोनीत हुनुभएका दाहाल नेपाल प्रेस युनियनका संस्थापक एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा झा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि दाहाल र झाको योगदान महत्वपूर्ण हुने प्रेस युनियनका महासचिव दिलीप पौडेलले बताउनुभयो । नेपाल प्रेस युनियनको विधानमा सल्लाहकार मनोनयन गर्ने व्यवस्था रहेको छ
Read More
वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

२ साउन,काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधारको खाँचो आँैल्याएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, व्यवसायीले राज्यलाई तिर्नुपर्ने कर तिर्न मञ्जुर भए पनि नवीकरण गर्न नसकिएको अवस्था छ । राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्छ ।” महासङ्घले…
Read More
नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो

नवलपुरमा नयाँ उद्योग खुल्ने दर घट्यो

२ साउन,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ । पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८÷७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा चार सय ३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । गतवर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै रहेका…
Read More
तातोपानी कुण्डको आम्दानी रु एक करोड ३७ लाख

तातोपानी कुण्डको आम्दानी रु एक करोड ३७ लाख

२ साउन,म्याग्दी। प्राकृतिक उपचारस्थलको रुपमा परिचित म्याग्दीको सिङ्गा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु एक करोड ३७ लाख आम्दानी भएको छ । आर्थिक वर्ष २०७९÷८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शूल्क आम्दानीको मुख्य स्रोत हो । कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भन्नुभयो– “बिरेनूनको गन्ध नआउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ ।” गत आर्थिक वर्षमा १८ हजार २०८ जनाले स्नान…
Read More
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै

लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै

२ साउन,काठमाडौँ । निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले आयोगको निर्णयबमोजिम ती दललाई सचेत र जरिवानाबारे बेग्लाबेग्लै पत्र पठाइ जानकारी दिने तयारी भएको बताउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले गरी लेखापरीक्षण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । कानुनमा व्यवस्था भए बमोजिम कार्य नगर्ने दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ बमोजिम ती दललाई सचेत तथा जरिवाना गर्न आयोगले यही साउन १…
Read More
Page 84 of 304
1 82 83 84 85 86 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.