समाज

वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

वर्तमान मापदण्ड तत्काल सुधार गर्नुपर्छ : महासङ्घ

२ साउन,काठमाडौ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधारको खाँचो आँैल्याएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले हालको मापदण्ड उद्योग सञ्चालन गर्नेभन्दा बन्द गराउनेतर्फ लक्षित रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “मापदण्डमा उद्योग विस्थापित गर्ने उद्देश्य देखिन्छ, व्यवसायीले राज्यलाई तिर्नुपर्ने कर तिर्न मञ्जुर भए पनि नवीकरण गर्न नसकिएको अवस्था छ । राज्यको हित विपरीत तथा उद्योग र व्यवसायीलाई बदनाम गर्ने चेष्टाका साथ ल्याएको मापदण्ड तत्काल सुधार हुनुपर्छ ।” महासङ्घले…
Read More
नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रता

नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को व्यग्रता

–रमेश लम्साल २ साउन,काठमाडौँ । मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । काठमाडौँ उपत्यका प्रवेश विन्दु मानिने नागढुङ्गा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायुप्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ । सुरुङमार्गको मुख्य टनेल निर्माण हुन अब पाँच सय २५ मिटर बाँकी छ भने आपत्कालीन अवस्थामा उद्धारका लागि निर्माण गरिएको ‘रेस्क्यू टनेल’को ७४ मिटर खन्न बाँकी छ । यो विवरण गत असार २९ गतेसम्मको भएको आयोजनाले…
Read More
शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग¥योः प्रधानमन्त्री दाहाल

शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत ग¥योः प्रधानमन्त्री दाहाल

२ साउन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले सबै पक्षको सहानुभूतिबाट देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको आफूलाई महसुस गरेको बताउनभयो । प्रधानमन्त्री दाहालले छोरा र छोरी गुमाउँदाको पीडामा पनि शरीरले साथ दिएसम्म पत्नी सीता दृढतापूर्वक उभिएको स्मरण गर्नुभयो । उहाँले राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुनसक्ने सबै खाले पद्धतिबाट उपचारको प्रयास गरिएको बताउनुभयो । “सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि…
Read More
एलडिसिलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह

एलडिसिलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह

२ साउन,काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अल्पविकसित देश (एलडिसि)लाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । अमेरिकाको न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न तथा नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसिलाई सहयोगको खाँचो रहेको बताउनुभयो । उहाँले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिनुभयो । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडिसि)को तर्फबाट सम्बोधन गर्नुभएको हो । यसअघि उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन शत्रमासमेत…
Read More
विपन्न बालबालिकालाई पोशाक वितरण

विपन्न बालबालिकालाई पोशाक वितरण

२ साउन (रासस),काठमाडौँ । समाजसेवी डा विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई पोशाक सहयोग गर्नुभएको हो । वडा कार्यालयको आग्रह र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान)का अध्यक्ष बिन्दु थापा परियारको समन्वयमा उक्त सामग्री सोमबार वितरण गरिएको हो । सो अवसरमा अध्यक्ष परियारले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको बताउनुभयो । लखन –७ का वडाध्यक्ष शरण श्रेष्ठले सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन सबैको प्रयत्न आवश्यक छ भन्नुभयो ।
Read More
रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

रुकुम पश्चिममा पहिलो ब्लड बैंक सञ्चालनमा

२ साउन, रुकुम (पश्चिम)। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो । दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो । अलपत्र परेको ब्लड बैंक निर्माण हाल पूरा भएको रेडक्रस चौरजहारी शाखाका कोषाध्यक्ष गोपाल लामिछानेको भनाइ छ । ब्लड बैंक निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा रु २८ लाख र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयाे । भवन निर्माणसहित…
Read More
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२ साउन,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुने भएको छ । झन्डै एक वर्षपछि केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको र सोही कार्यसूचीमा छलफल हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदनका लागि पेस गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने…
Read More
सोह्रौँ योजनाका लागि यस्ता छन् जनप्रतिनिधिका सुझाव

सोह्रौँ योजनाका लागि यस्ता छन् जनप्रतिनिधिका सुझाव

२ साउन,गण्डकी । नेपालको सोह्रौँ र गण्डकी प्रदेशको दोस्रो योजना (२०८१÷८२–२०८५÷८६)का लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले स्थानीय तहका जनप्रतिनिधिसँग सुझाव लिएको छ । पोखरास्थित आयोगको कार्यालयमा सोमबार आयोजित आवधिक योजनाको अवधारणापत्र तर्जुमासम्बन्धी अन्तक्र्रियामा स्थानीय तहका प्रमुखले योजना निर्माण यथार्थपरक, व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिए । नवलपुरको हुप्सीकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मी पाण्डेले पञ्चवर्षीय योजनाले दिगो विकासको आधार तय गर्नुपर्ने बताउनुभयो । उहाँले योजना तुर्जमामा तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने उल्लेख गर्नुभयो । “योजना बनाउँदा नागरिकलाई प्रत्यक्ष छुने र लाभ मिल्ने गरी बनाउनुपर्छ, आवधिक योजना बौद्धिक दस्तावेजजस्तो नभई कार्यान्वयनयोग्य हुनुपर्छ”, अध्यक्ष पाण्डेले…

कमैया मुक्तिका २३ वर्ष, पुर्नस्थापना अझै बाँकी

कमैया मुक्तिका २३ वर्ष, पुर्नस्थापना अझै बाँकी

२ साउन, गोदावरी (कैलाली)। दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ । यद्यपि अझै पनि पुर्नस्थापना भने हुन नसकेको मुक्त कमैयाहरु गुनासो गर्दै आएका छन् । जमिन्दारहरुको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो । तत्कालीन समयमा सरकारले मुक्त कमैयालाई ठाउँअनुसार एकदेखि पाँच कठ्ठासम्म जग्गा, घर बनाउन काठ र रकम उपलब्ध गराएको थियो । यद्यपि पुर्नस्थापना अझै पूरा नभएको मुक्त कमैया महिला विकास मञ्च कैलालीको भनाइ छ । मुक्ति दिवस खुसी, उत्साह र उल्लासका साथ मनाउनु पर्नेमा अझैसम्म धेरै…
Read More
Page 85 of 304
1 83 84 85 86 87 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.