संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
३१ असार,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ सहकारी आलोचित भएका छन्, सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने सहकारीकर्मीसँग संवादमार्फत माग पूरा गर्न आग्रह गर्न चाहन्छु ।” हरेक दुई वर्षमा नेपाली श्रमिकको न्यूनतम ज्याला तोकिने व्यवस्था भए पनि सरकारले कुनै चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो । “ज्याला वृद्धि गर्ने सन्दर्भमा सरकार रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच संवाद मार्फत समस्या टुङ्गोमा पु¥याउने विषयमा सरकार गम्भीर हुनुपर्छ”, महामन्त्री…
