समाज

कल्भर्ट भत्किँदा आवागमन ठप्प

कल्भर्ट भत्किँदा आवागमन ठप्प

२ साउन,कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अबिरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ । “कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ”, स्थानीय बासिन्दा चुडामणि जोशीले भन्नुभयो, “कुनै पनि निकायले…
Read More
‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

‘मत्स्यनारायण मेला’ आजदेखि सुरु

२ साउन,काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास)मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ । यो महिनालाई अधिक मास महिना पनि भन्ने गरिन्छ । एक महिनामा दुईवटा औँसी पर्यो भने उक्त महिनालाई पुरूषोत्तम (मलमास,अधिक) मास भन्ने धार्मिक तथा शास्त्रीय मान्यता रहिआएको छ । चन्द्रागिरि–९ का वडाध्यक्ष अच्युत अधिकारीले आजदेखि सुरु भएको मत्स्यनारायण मेला एक महिनासम्म चल्ने जानकारी दिनुभयो । मलमासको अवधिभर उक्त मेलामा नेपाल तथा भारतबाट समेत भक्तजन दर्शन गर्न आउने उहाँको भनाइ थियो । मलमास अवधिभर सो मन्दिरमा नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा…
Read More
अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर

अवशेषको आधारमा पुनःनिर्माण हुँदै ऐतिहासिक नरनारायण मन्दिर

–हरि परियार २ साउन,ललितपुर ।  पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ । ललितपुर महानगरपालिकाको वडा नं ६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपमा सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् । नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण सुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुन्धारा क्षेत्रमा छ पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन्, । यी सम्भवतः विसं १९९० को भूकम्पले…
Read More
हिउँदे सिँचाइका लागि पानी सङ्कलन

हिउँदे सिँचाइका लागि पानी सङ्कलन

२ साउन,गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ । सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिनुभयो । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो । बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँको सुक्यायाम महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उहाँले बताउनुभयो । “महादेवटार ठूलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन…
Read More
काभ्रे अदालतः लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

काभ्रे अदालतः लक्ष्य पूरा, आठ सय ७६ वर्ष कैद असुल

२ साउन,काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९÷८० मा मुद्दा फछ्र्याैटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फछ्र्याैटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फछ्र्याैट गरेको अदालतले जनाएको छ । ती मुद्दा फछ्र्याैट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ । उक्त आवमा असुल गर्नुपर्ने दुई हजार एक सय ७० वर्ष आठ महिना कैदमध्ये आठ सय ७६ वर्षको कैद असुल भएको हो भने एक हजार दुई सय ९४ वर्ष आठ महिना कैद असुल गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक…
Read More
कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन,भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो आम्दानी गर्न नसकेपछि उनीहरू यहीँ नै उद्यममा जुटेका हुन् । विदेशबाट फर्केर टेम्केमैयुङका युवा प्रेम बस्नेतले व्यावसायिकरूपमा बाख्रापालनसँगै विभिन्न उद्यम गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने उहाँको भनाइ छ । “विदशमा धेरै नै दुःख छ”, उहाँले भन्नुभयो, “यहाँ दुःख गरेको…
Read More
नागढु¬ङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

नागढु¬ङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

२ साउन,मलेखु । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले ९नागढुङ्गा–सिस्नेखोला० सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समयसीमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने उहाँले बताउनुभयो । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनुभएको छ । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब…
Read More
दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

- नारायणी रजौरे ३१ असार,दाङ।  दाङको खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले सञ्चालनमा आएको ‘वृहत दाङ उपत्यका सिँचाइ आयोजना’ले पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त आयोजनाले अहिले सिँचाइका पूर्वाधार निर्माणलाई अघि बढाएको हो । “अहिले कार्यालयको उद्देश्य दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने हो । सोही अनुरुप हामीले काम गर्न थालेका छौँ”, आयोजना प्रमुख विराट ज्ञवालीले भन्नुभयो । हाईड्याम्प, लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाईभर्सन, सतह सिँचाइ प्रणालीको विकासलगायत ‘कम्पोनेन्ट’मा काम गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख ज्ञवालीका अनुसार हालसम्म कार्यालयले ४२ वटा ठूला ड्याम (जलाशय) निर्माण गरेको…
Read More
कर्णालीका घरघरमा प्रहरीको स्टिकर

कर्णालीका घरघरमा प्रहरीको स्टिकर

३१ असार,छिन्चु (सुर्खेत) । कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान सुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आजदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सो अभियानको सुरुवात गर्नुभएको छ । अभियानको सुरुआत गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले सो कार्यक्रमले प्रहरीलाई जनतासँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपतविपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरीसँग पहुँच बढाउन सकिने भएकोले उक्त अभियानले प्रहरीलाई जनमैत्री हुन सघाउने उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री खड्काले उक्त अभियानलाई सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो । कर्णाली…
Read More
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु

३१ असार,रोल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।
Read More
Page 86 of 304
1 84 85 86 87 88 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.