समाज

पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए

पर्ती जग्गा मिची बनाइएका भद्रकुमारी सेवा सदनका संरचना भत्काइए

३ साउन,काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर देवीनगरमा रहेको पाँच रोपनीभन्दा धेरै पर्ती जग्गा कब्जा गरेर निर्माण गरिएको भद्रकुमारी घले सेवा सदनका संरचना भत्काइएको छ । महानगरपालिका–१० कार्यालयले नापी शाखाबाट नापी बोलाएर जग्गा नापजाँच गर्दा सदनले रुद्रमती किनारको पाँच रोपनी भन्दा बढी पर्ती जग्गा कब्जा गरेर संरचना बनाइ भाडामा लगाएको भेटिएको वडाध्यक्ष रामकुमार केसीले राससलाई जानकारी दिनुभयो । वडा कार्यालयले नाप जाँच गरी पर्ती जग्गामा संरचना बनाएर भाडामासमेत लगाएको विवरण महानगरमा पठाएको थियो । वडा कार्यालयको प्रतिवेदनका आधारमा महानगरपालिकाले आज सदनका संरचना भत्काएको हो । खाली भएको जग्गामा आकर्षक उद्यान निर्माण गरिने वडा कार्यालयले जनाएको छ ।
Read More
पूर्वराष्ट्रपति भण्डारीले हेर्नुभयो ‘बगान’

पूर्वराष्ट्रपति भण्डारीले हेर्नुभयो ‘बगान’

३ साउन,काठमाडौँ । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेर्नुभएको छ । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उहाँले राम्रो लागेको प्रतिक्रिया दिनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “चलचित्र राम्रो बनेको रहेछ । कथावस्तु मन परेकैले चलचित्र अन्तसम्म हेरेँ ।” विशेष प्रदर्शनीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, राजनीतिज्ञ हिसिला यमी, रवीन्द्र मिश्र, रमेश खरेल, निर्देशक तुलसी घिमिरे, सुव्रतराज आचार्यसहित चलचित्र निर्माण समूहका निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर र प्रमिला कार्की, अभिनेता आकाश श्रेष्ठ, नीर शाह, गीतकार सुरेश वाग्लेलगायत सहभागी हुनुहुन्थ्यो । चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अभिनेता श्रेष्ठले आफू भावुक…
Read More
तनहुँमा उद्योग दर्तामा कमी

तनहुँमा उद्योग दर्तामा कमी

३ साउन,दमौली । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा सबैभन्दा धेरै कृषि तथा वन…
Read More
काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

काठमाडौंँ उपत्यकामा ‘यात्रुसँग दुई मिनेट’

३ साउन,काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आजबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताउनुभयो । सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले…
Read More
तनहुँमा उद्योग दर्तामा कमी

तनहुँमा उद्योग दर्तामा कमी

३ साउन,दमौली । तनहुँमा उद्योग दर्ता गर्ने क्रम घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष उद्योग दर्ता ह्वात्तै घटेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । देशको पछिल्लो आर्थिक अवस्थाको असर यहाँका उद्योग स्थापनामा पनि परेको हुन सक्ने कार्यालय प्रमुख दुर्गाराज सुवेदीले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष आठ सय ११ वटा उद्योग कम दर्ता भएका उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा एक हजार चार सय १४ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा सबैभन्दा धेरै कृषि तथा वन…
Read More
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाःबाख्रालाई डाले घाँस र आलु भण्डारण घर

३ असार,बलेवा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बागलुङमा सञ्चालन गरेको बाख्रा ब्लक र आलु ब्लक कार्यक्रमका लागि विभिन्न संरचना तयार गरेको छ । पशुधनको रुपमा बाख्राको व्यावसायिक उत्पादन र आलुको व्यावसायिक उत्पादनका लागि कार्यक्रमले किसानलाई सहयोग गरेको हो । आव २०७९÷८० मा मात्रै बागलुङ जिल्लाभर ६२ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि बाख्राका लागि डाले घाँसको व्यवस्थापन गर्ने सम्मका संरचना तयार भएका हुन् । गत आर्थिक वर्षमा परियोजनाले ६ वटा उपकरण र पशुको नश्लसुधारका लागि २७ वटा कार्यक्रम सञ्चालन गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आलुको भण्डारणका लागि भण्डार घर निर्माण भएको छ…
Read More
विद्युत् तारका कारण दुर्घटनाको जोखिम

विद्युत् तारका कारण दुर्घटनाको जोखिम

३ साउन,बेदकोट।कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार आसपास क्षेत्रमा विद्युत्को तार असरल्ल छोड्दा दुर्घटनाको जोखिम बढेको छ । दिनहुँ भिडभाड भइरहने क्षेत्रमा ‘टान्सफर्मर’सँगै जोडिएको विद्युत् प्रवाह हुने फ्युज बाकस खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो । “तीव्र भोल्टेजको विद्युत प्रवाह हुने टान्सफर्मरसँगै राखिने फ्युज बाकस खुला छन्”, भीमदत्त नगरपालिका–४ भगतपुरकी स्थानीय अम्बिका भट्टले भन्नुभयो, “विद्युत् प्रवाह हुने तार नाङ्गो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।” ट्रान्सफर्मर नजिकै उहाँको घरमा छ । बेला बेलामा ट्रान्सफर्मरमा आगो लाग्ने गरेको र फ्युज खुला छोड्दा दुर्घटनाको जोखिम बढेको हो ।“केही वर्षअघि खुला छोडिएको फ्युजमा करेन्ट लागेर गाई मेरेको थियो”, उहाँले भन्नुभयो, “नजिकै विद्यालय छ, स–साना विद्यार्थी…
Read More
सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या

३ साउन,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो । क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन । “खानेपानीको सोलारमा…
Read More
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

३ साउन,काठमाडौँ । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की जिल्लाको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Read More
मत्स्यनारायण मन्दिरमा एक महिने मेला

मत्स्यनारायण मन्दिरमा एक महिने मेला

३ साउन,भक्तपुर । पुरुषोत्तम महिना (मलमास) सुरु भएसँगै चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुल गाउँस्थित मत्स्यनारायण मन्दिरमा एक महिने ‘मत्स्यनारायण मेला’ लागेको छ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिनामा मत्स्यनारायणको उक्त मेला सुरु भएको मन्दिरका संरक्षक गोकर्ण पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो तीनसय वर्ष पुरानो मन्दिर हो, दुई पिपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० वर्ष पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरिनै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।” स–साना तीन नदीको सङ्गमस्थलमा रहेको उक्त मन्दिरलाई त्रिवेणी धामका…
Read More
Page 83 of 304
1 81 82 83 84 85 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.