मंसापुरमा युवकको शव भेटियो

Share Icon

१२ साउन,राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो । यस्तै हनुमानगर कंकालिनी–१० कै अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको छ ।

प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.