अब साँदल र कपुच विकट रहेन

Share Icon

१५ साउन,कास्की ।कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका–१ को अन्तिम गाउँ हो साँदल र कपुचे । सेती नदीको मुहान क्षेत्रका यी दुई गाउँ भौगोलिक .रुपमा समेत विकट छन् ।

साँदल र कपुचेलाई झन विकट बनाएको छ सेती नदीले । हिउँदमा नदीमाथि बनाइएको बाँस र काठका फड्केबाट नदी वारपार गरे पनि बर्खामा भने स्थानीयवासीले नदी तर्न सास्ती बेर्होनुपर्दछ ।

पुल नहुँदा नदी वारपारका लागि घुमाउरो र अप्ठ्यारो बाटो हिँड्नुपर्दछ, एक घण्टाको समय लाग्छ । अहिले भने झोलुङ्गे पुल बनेसँगै स्थानीयको जीवनचर्यामा सहज बनेको छ । पुल बनेसँगै एक घण्टाको बाटो पाँच मिनेटमै वारपार गर्न सकिन्छ । स्थानीयवासीसमेत उत्साहित बनेका छन् ।

कपुजे र साँदल जोड्ने गरी सेती नदीमाथि ७९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । यस पुलको निर्माण तीन महिनामै सम्पन्न भएको छ । पुलको विसं २०७९ चैत २० गतेदेखि काम सुरु भएकामा गत असार २६ गते निर्माण सकिएर सञ्चालनमा आएको हो ।

माछापुच्छ«े–१ का सरोजकुमार गुरुङले झोलुङ्गे पुल निर्माणले साँदलका नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । उहाँका अनुसार विकट गाउँमा पुलबनेसँगै सुगममा परिणत भएको छ । उहाँले भन्नुभयो, “हिउँदयाममा अस्थायी व्यवस्था भए पनि वर्खामा यहाँका नागरिकले सेती वारपार गर्न ठूलो सास्ती र झन्झट थियो, समय पनि धेरै लाग्ने । अहिले झोलुङ्गे पुल बनेसँगै विकट गाउँ सुगम बनेको छ । स्थानीयको मुहारमा खुुसी छाएको छ ।”

पुल निर्माणका लागि माछापुच्छ«े गाउँपालिकाले रु १७ लाख ७२ हजार ९९, टिविएसयु पोखराबाट रु १२ लाख १७ हजार बराबरका स्टिल पार्टस्, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट रु तीन लाख २० हजार एक सय ६९ र स्थानीय उपभोक्ताबाट जनश्रमदान रु एक लाख ८१ हजार तीन सय ६३ गरी कूल रु ३४ लाख ९१ हजार लागत रहेको माछापुच्छ«े–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले गाउँपालिकाका विकट गाउँमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले आवश्यकताका आधारमा पालिकाका अन्य वडामा समेत लागत साझेदारीमा पुल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.