अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन
२५ साउन,मकवानपुर । पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।
गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, गए राति भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित पहिरो खसी यातायात अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण राति पहिरो हटाउन कठिनाइ भएपछि आज बिहानै पहिरो हटाइ यातायात सञ्चालनमा ल्याएको हो ।
हाल हेटौँडाबाट भीमफेदी हुँदै विभिन्न स्थानमा जाने र हेटौँडातर्फ आउने सबै प्रकारका सावरी साधन सञ्चालनमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
Facebook Comments Box
Related posts:
निस्वार्थ रूपले वडाकाे चाैतर्फी विकासमा लागि परेका छाैँ : अध्यक्ष थापा
‘प्रादेशिक अस्पतालको स्वामित्व फेरिँदा पनि सुधार सुस्त’
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन
सामाजिक सुरक्षा दिवस : योगदानकर्ता दम्पतीका सन्तानलाई पनि स्वास्थ्य सुविधा
प्रहरी भर्नाको प्रवेशपत्रमा सन्नी लियोनीको तस्बिर ?