समाज

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

नेपाली तानमा बनाइएको ‘नेचुरल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गरिने

२६ फागुन,पोखरा । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुती धागोबाट जडीबुटी र फलफूलको रस प्रयोग गरी ‘केमिकल’रहित कार्पेट तयार पारिएको हो । नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनका लागि कार्पेट तयार पारिएको उहाँले बताउनुभयो । कार्पेटको बीच भागमा विभिन्न चित्र, नक्सा अङ्कित गरिएको छ । उहाँका अनुसार मोबाइल एपमार्फत् कार्पेट बनाउँदा प्रयोग भएका कच्चा पदार्थका साथै तयार पार्ने महिलाको कथा हेर्न…
Read More
वडा अध्यक्षको तलब स्थानीयलाई

वडा अध्यक्षको तलब स्थानीयलाई

२६ फागुन,कुश्मा । पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गर्नुभएको छ । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गर्नुभएको हो । “मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु”, उहाँले भन्नुभयो, “अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।”
Read More
प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच गरिने

प्रसारण लाइन निर्माणका लागि जग्गा नापजाँच गरिने

२६ फागुन,दमौली । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले सञ्चालन गरेको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइनका लागि जग्गा नापजाँच गरिने भएको छ । तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माणका लागि नापजाँच सुरु गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकको विसं २०७६ वैशाख २३ को निर्णयअनुसार आयोजनालाई आवश्यक जग्गा प्राप्त गर्ने कार्यको सिलसिलामा तनहुँका पाँच पालिकामा जग्गा नापजाँच अगाडि बढाउन जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ (१) अनुसार सूचना जारी गरिएको छ । जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न क्षेत्रमा जग्गाको नापजाँच, सर्वेक्षण, साँध छुट्याउने, किला गाड्नेलगायतका…
Read More
शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

शिवसताक्षीमा फोहर जलाउन अत्याधुनिक इन्सिनेरेटरको प्रयोग

२६ फागुन,झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले बताउनुभयो । प्रतिघन्टा ३०० केजी फोहर जलाएर नष्ट गर्नसक्ने क्षमताको सो उपकरण दुई वर्षअघि नै खरिद गरेर नगरपालिका कार्यालय परिसरमा राखिएको थियो । सो उपकरणले फलामबाहेक प्लास्टिकजन्य फोहरलाई सुरक्षितरुपमा च्याम्बरभित्र जलाएर क्षणभरमै खरानीमा परिणत गरिदिन्छ । इन्सिनेरेटर खरिदमा रु एक करोड र व्यवस्थापन केन्द्र निर्माणमा रु दुई करोड खर्च भइसकेको जनाउँदै यस परियोजनाका लागि…
Read More
शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ

शनिबार पशुपतिनाथ क्षेत्रमा विशेष सरसफाइ

२६ फागुन,काठमाडौँ । राष्ट्रदेव भगवान् पशुपतिनाथ मन्दिर क्षेत्रमा भोलिदेखि हरेक शनिबार सरसफाइ गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्रालय मातहतका २१ निकायका कर्मचारीले हरेक शनिबार दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने तयारी गरेको छ । उक्त सरसफाइ अभियान तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ । पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालय र मातहतका २१ वटा निकायका पदाधिकारी र कर्मचारीबाट हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत् सरसफाइ…
Read More
बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

बँदेलमा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

२६ फागुन,दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बँदेलमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बँदेलमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । “यही फागुन १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृतावस्थामा भेटिएको थियो”, उहाँले भन्नुभयो, “चोटपटक नलागेको र जीउ सुन्निएको अवस्थामा देखेपछि परीक्षण गरिएको हो ।” उहाँका अनुसार काठमाडौँको केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बँदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो । निकुञ्जभित्र सङ्क्रमण देखिएपछि अन्य जनावरमा समेत सङ्क्रमणको जोखिम बढेको छ । गत माघमा कञ्चनपुरका बङ्गुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको हो । यसको उपचार…
Read More
प्रधानमन्त्री दाहालसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग बेलायती राज्यमन्त्री ट्रेभेलियनको भेटवार्ता

२६ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उहाँ बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आउनुभएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
Read More
खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी

खार्पुनाथको वडास्तरमै हेलिकप्टरमार्फत नुन ढुवानी

२६ फागुन,सिमकोट । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएकोे छ । गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुुन बिक्री–वितरण गरिएकोे हो । सबै वडामा एक हजार एक सय ९७ क्विन्टल नुुन ढुवानी गरेर बिक्री गरिएकामा वडा नं १ मा तीन सय ५० क्विन्टल, २ मा दुई सय ५२ क्विन्टल, ३ मा दुई सय तीन क्विन्टल, ४ मा दुई सय क्विन्टल र ५ मा एक सय ५२ क्विन्टल नुुन ढुवानी गरिएको थियो । सप्लायर्स कम्पनीसँग गाउँपालिका अध्यक्ष कर्णबहादुुर रावलको विशेष समन्वयमा नुुन गाउँपालिकाभरिका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो ।…
Read More
डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

२६ फागुन,चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका वासस्थान र जैविक विविधतालाई असर गर्ने गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि अग्निरेखा निर्माण, अग्नि नियन्त्रण सामग्रीसहित निकुञ्ज र नेपाली सेनाको टोली तयारी अवस्थामा राखिनाका साथै समुदायस्तरमा सचेतना बढाउने काम सुरु गरिएको छ । उहाँका अनुसार निकुञ्ज क्षेत्रलाई ५०भन्दा बढी भागमा विभाजन गरी अग्निरेखा कोरिएको छ । अनियन्त्रितरूपले डढेलो लागेमा नेपाली सेनाको टोली र निकुञ्जका…
Read More
एक चालकको भरमा ‘बारुणयन्त्र’

एक चालकको भरमा ‘बारुणयन्त्र’

२६ फागुन,दमक । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन्नुहुन्छ “अग्नी नियन्त्रकका रुपमा काम गर्दै आएको छु । तर सेवासुविधा छैन ”। सेवासुविधाका बारेमा पालिकामा लिखित तथा मौखिकरुपमा कुरा उठाए पनि अझैसम्म सुनुवाइ नभएको उहाँको दुखेसो छ । सात वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दुबई बस्दा त्यसैसम्बन्धी काम गरेको अनुभव उहाँसँग छ । उतै पनि कमाई राम्रै थियो तर आफ्नै ठाउँमा केही गरौँ…
Read More
Page 240 of 304
1 … 238 239 240 241 242 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.