समाज

सानिमा मिडिल तमोरको आइपिओ खुला

सानिमा मिडिल तमोरको आइपिओ खुला

२६ फागुन,काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिसेयर रु एक सय दरका ४२ लाख ४८ हजार नौ सय ३८ कित्ता सेयर निस्कासन गरेको छ । यसअघि कम्पनीले आफ्नो जारी पुँजी रु तीन अर्ब ३३ करोड २४ लाखको १० प्रतिशतले हुने रकमको ३३ लाख ३२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा निष्कासन र बाँडफाँट गरेको थियो । त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख…
Read More
आजको मौसम : हल्का वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

२६ फागुन,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज मुलुकका पहाडी भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली हुने छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।यसैगरी राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
Read More
जडीबुटीसहित दुईजना पक्राउ

जडीबुटीसहित दुईजना पक्राउ

२६ फागुन,गलकोट । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए । गोठमा आगजनी गर्ने पक्राउ यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ…
Read More
छात्रावास निर्माण अधुरै

छात्रावास निर्माण अधुरै

२६ फागुन,पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ मेहेलबोटेस्थित जयनारायण आदर्श माध्यमिक विद्यालयको निर्माणाधीन प्राविधिक छात्रावास अधुरै छ । उक्त भवन तीन वर्षअघि निर्माण थालिएको हो । निर्माण पूरा नभएको छात्रावासको स्वामित्व कसैले लिएका छैनन् । उक्त विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाका विद्यार्थीको बसोबास तथा ब्यवसाय सञ्चालनमार्फत विद्यालयको आम्दानी वृद्धिका लागि प्रदेश सरकारले रु ८५ लाखको लागतमा छात्रावास निर्माण थालेको थियो । उपभोक्ता समितिमार्फत सञ्चालित निर्माण न त उद्देश्यअनुसार हुन सक्यो, न निर्माण नै पूरा भयो । जयनारायण आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्यका अनुसार विद्यालयको माथिल्लो भागमा रहेको उत्तर–यासोक सडकसँगै जोडेर भवन निर्माण गर्ने योजना बनाइएको थियो । सडकबाट सिधा पर्ने गरी…
Read More
नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

२६ फागुन,काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गर्नुभएको छ । उहाँले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गर्नुभएको हो । यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गर्नुभएको थियो । पूजा सकेर उहाँ आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जानुहुने कार्यक्रम छ । त्यहाँ उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेताकोे शालिकमा माल्यार्पण गर्नुहुने तथा सङ्ग्रहालयको अवलोकन गर्नुहुने छ । उहाँ आजै दर्शन तथा पूजाआजाका लागि स्वयम्भूनाथ जानुहुने कार्यक्रम छ । पूर्वसभामुख रहनुभएका उहाँले आफ्ना प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङलाई दोब्बर बढी मतले पराजित गर्दै बिहीबार मुलुकको तेस्रो राष्ट्रपति पदमा निर्वाचित हुनुएको…
Read More
प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको उडान

२६ फागुन,काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो । प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँले बिगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताउनुभयो । “क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, बिगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज…
Read More
‘आफू गयौ नेटो काटी’ सार्वजनिक

‘आफू गयौ नेटो काटी’ सार्वजनिक

२६ फागुन,काठमाडौँ । एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गर्नुभएको हो ।कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताउनुभयो । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम अगाडि सारेको सिन्हाको भनाइ थियो । म्युजिक भिडियोका माध्यमबाट महिलाको अवस्था…
Read More
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

२६ फागुन,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लाग्नुभएको हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उहाँले भन्नुभयो, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।” जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताउनुभयो । मल उत्पादनका लागि उहाँले बाख्रापालनसमेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले…
Read More
माउले छावाको वास्तै नगर्दा…..

माउले छावाको वास्तै नगर्दा…..

२६ फागुन,चितवन । राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ । गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् । छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा…
Read More
गाउँ रित्तिए, बजार भरिए

गाउँ रित्तिए, बजार भरिए

२६ फागुन,ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए ।स्थानीय तह बनेसँगै गाउँ–गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ ।…
Read More
Page 241 of 304
1 … 239 240 241 242 243 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.