समाज

धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुुरस्कृत

धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुुरस्कृत

२८ फागुन,रामपुर (पाल्पा) । धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरेलाई अर्पण गरिएको छ । सो पुरस्कारको राशी नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ । सांसद ठाकुरप्रसाद गैरे, सो पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याललगायतले शनिबार आयोजित कार्यक्रममा संयुक्त रुपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै…
Read More
पातारासीका आलु किसानलाई राहत

पातारासीका आलु किसानलाई राहत

२६ फागुन,जुम्ला ।  सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो । सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने गाउँमै प्रतिकेजी रू २५ मा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताउनुभयो । घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । “सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने…
Read More
मासिँदै सिमल, लोप हुँदै गिद्ध

मासिँदै सिमल, लोप हुँदै गिद्ध

२६ फागुन,गलेश्वर । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भन्नुभयो, “अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।” सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा पाइने यो रुखलाई अङ्ग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री पनि भनिन्छ । औषधीय गुण भएको…
Read More
कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

२६ फागुन,मान्म । कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।” किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ । “ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला…
Read More
एक्काइस हजार महिलालाई हस्तकला सीप

एक्काइस हजार महिलालाई हस्तकला सीप

२६ फागुन,गण्डकी । हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । संस्थाले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएको छ । महिलाको सशक्तीकरण, आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । “अहिलेसम्म २१ हजार बढी महिलालाई सीप सिकाएर घरघरमा पठाएका छौँ, कोही आफैँ उद्योग खोलेर…
Read More
अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

२६ फागुन,डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकालाई विपत्का बेला आवश्यकपर्ने २७ प्र्रकारका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण, खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । आगो नियन्त्रणका लागि आवश्यक २७ प्रकारका सेफ्टी उपकरण र अमरगढीका वडा नं ५ र ७ लाई खोज तथा उद्धारमा आवश्यक ४५ प्रकारका सामग्री उपलब्ध गराइएको हो । अमरगढी नगरपालिका वडा नं ५ र ७ मा सञ्चालित युएसआइडीको सुपर परियोजनाले रू २९ लाख ७५ हजार पर्ने आगो नियन्त्रक र खोज तथा उद्धारका सामग्री उपलब्ध गराएको हो । आगो नियन्त्रणका लागि फाइयर फाइटिङ सुट,…
Read More
कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

कागज बनाउने कच्चा पदार्थको उत्पादन र निर्यात हुन थाल्यो

२६ फागुन,ताप्लेजुङ । पहाडी क्षेत्रमा पाइने अर्गेलीको बोक्रा निर्यात हुन थालेपछि यसको व्यावसायिक खेती सुरु गरिएको छ । पहाडी क्षेत्रको उच्च भेगमा पाइने अर्गेलीको बोक्रा कागज उत्पादनका लागि कच्चा पदार्थका रुपमा जिल्ला बाहिर निर्यात हुन थालेपछि यहाँका किसानले यसको व्यावसायिक खेती गर्न थालेका हुन् । खेतीसँगै किसानले अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ उत्पादन र निर्यात पनि गर्न थालेका घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । जिल्लाका उच्च भेगमा बस्ने किसानले जङ्गलबाट अर्गेली सङ्कलन गरेर कच्चा पदार्थ बनाउन थालेको पाइएपछि उपयुक्त क्षेत्र छनोट गरी तालिम दिन थालिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोसाईले बताउनुभयो । घरेलु…
Read More
मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

२६ फागुन,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजना सम्बद्ध अधिकारीका अनुसार आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत बराबर पुगेको छ । भौतिक पूर्वाधारको काम अन्तिम चरणमा भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्यका साथ अगाडि बढाइएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । हाल सो अयोजना निर्माणाधीन क्षेत्रको पर्खाल निर्माण एवं अन्य सुरक्षाका कार्य भइरहेको छ । कूल सात दशमलव दुई किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी हाल कङ्क्रिट लाइनिङको काम भइरहेको छ…
Read More
सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात

२६ फागुन,काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र रु छ करोड छ लाख ५६ हजार बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ । सरकारले चालु आर्थिक…
Read More
रसुवाको हिमाली भेगमा आन्तरिक पर्यटक बढ्दो

रसुवाको हिमाली भेगमा आन्तरिक पर्यटक बढ्दो

२६ फागुन,रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र आगमन हुने धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डका साथै लाङटाङ्स्थित क्याङ्जेन, तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ र नाकथलीलगायत क्षेत्रमा पछिल्लो समय बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटकको पनि आगमन हुन थालेको हो । रसुवास्थित लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म १२ हजार छ सय ८० आन्तरिक पर्यटकको आगमन भइसकेको र पछिल्लो समय दैनिक २० भन्दाबढी पर्यटकको आगमन भइरहेको छ । हिमाली क्षेत्रमा पुगेका विदेशी पर्यटकका लागि खान र बस्न सुविधा पु¥याउने उद्देश्यका साथ विसं २०३५ देखि लाङ्टाङको क्याङ्जेनबाट सुरू गरिएको होटल…
Read More
Page 239 of 304
1 … 237 238 239 240 241 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.