समाज

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

२८ फागुन,सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हँुदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था…
Read More
हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन निर्माणमा अवरोधैअवरोध

२८ फागुन, काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा कहिले सम्पन्न हुने हो कुनै छेकछन्द देखिएको छैन । निर्माणाधीन सो प्रसारण हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब छ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटाँैडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभ¥याङमा दुई वटा र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङस्थित सबस्टेसनमा लाइन छिराउन दुई वटा टावर निर्माण गर्नु…
Read More
दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने

दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने

२८ फागुन,डोटी । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताउनुभयो । सुदूर पश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमाक्षेत्रमा रहेको भू–स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्लपक्षको दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ । सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला) का साथै भलिबल, देउडा, घोडादौड प्रतियोगिता पनि आयोजना गरिने उहाँले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरपूर…
Read More
मुस्ताङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित

मुस्ताङमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल बढ्यो, व्यवसायी उत्साहित

२८ फागुन,म्याग्दी । बसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हँुदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक पर्यटकको चाप बढेको र विदेशी पर्यटक पनि मुस्ताङ घुम्न आउन थालेको जानकारी दिनुभयो । “सडक र हवाईमार्ग भएर मुस्ताङ घुम्न आएका आन्तरिक पर्यटकका कारण चहलपहल बढेको छ,” उहाँले भन्नुभयो “थोराङ्ला, उपल्लो मुस्ताङ र जोमसोम आसपासका क्षेत्रमा पनि विदेशी पर्यटकको चहलपहल बढेको छ ।” सन् २०२३…
Read More
श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु

२८ फागुन,जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरिएको छ । घट्नाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक ममताको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भन्नुभयो ।
Read More
नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै

नेपालगञ्ज नगर क्षेत्रको नाला सफा गरिँदै

२८ फागुन,नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ । पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)बाट सफाइको काम थालिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताउनुभयो । “बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ”, उहाँले भन्नुभयो । भेरी प्राविधिक…
Read More
वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

वित्तीय साक्षरता राष्ट्रिय अभियान सुरु

२८ फागनु,चितवन । नेपाल लघुवित्त बैंकर्स सङ्घले वित्तीय साक्षरता राष्ट्रिय अभियान थालनी गरेको छ । नेपाल लघुवित्त बैंकर्स सङ्घको आयोजनामा कालिका नगरपालिकाबाट सो अभियान सुरु गरिएको हो । अभियानको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शनिबार शुभारम्भ गर्दै वित्तीय अनुशासन भए आर्थिकरूपमा समस्या नआउने बताउनुभयो । आफ्नो आवश्यकताभन्दा विलासिताका वस्तुमा बढी खर्च हुँदा वित्तीय दुर्घटना निम्त्याएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कारोबार गर्ने बेलामा आँखा नदेख्ने पछि रुवायो भन्दै नारा लगाउनु उचित होइन, ऋण लिएपछि तिर्नुपर्छ ।” लागानीकर्तालाई समेत उहाँले मर्यादित र व्यवस्थित गर्न आग्रह गर्दै सदस्यको वित्तीय साक्षरतामा ध्यान नदिँदा समस्या उत्पन्न भएको तर्क गर्नुभयो । नेपाल लघुवित्त बैंकर्स…
Read More
नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ

२८ फागुन,मुस्ताङ । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव (अर्थ)मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, नीरज गौचन रहनुभएको छ । समितिका सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहनुभएको छ । त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दबाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने सङ्घ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन सत्रमा तत्कालीन संविधानसभा सदस्य एवं…
Read More
स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

२८ फागुन,काठमाडौँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी० र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु ९क्रान्तिकारी०का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुनगइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दिपेश पुनले जानकारी दिनुभयो । नेविसङ्घले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती…
Read More
सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा

सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा

२८ फागुन,ढोरपाटन । “अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्तीमगर उमेरले ८३ मा लाग्नुभयो । अहिले पनि उहाँ घरभित्र बाहिरको काम सहजै गर्न सक्नुहुन्छ । तर पछिल्ला दिन उहाँको आँखा कमजोर हुँदा चित्र कोर्ने रुचि हुँदाहुँदै पनि सक्नुहुन्न । चित्र कलामा पोख्त उहाँले जवानीमा काठ तथा बुट्टेनलीमा धेरै आकृति कोर्नुभयो । एक दशक अगाडिसम्म पनि उहाँले सजिलै बुट्टेनली बनाउने गर्नुहुन्थ्यो तर आँखामा मोतियाविन्दु भएपछि आँखाको शल्यक्रिया गर्नुभयो । उहाँले…
Read More
Page 237 of 304
1 … 235 236 237 238 239 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.