समाज

आयातसँगै निर्यात पनि घट्यो

आयातसँगै निर्यात पनि घट्यो

२८ फागुन,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो । राष्ट्र बैंकका अनुसार सात महिनामा रू ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले…
Read More
मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

मूल्यवृद्धि सात दशमलव ८८ प्रतिशत

२८ फागुन,काठमाडौँ । उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ । तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति छ दशमलव २४ प्रतिशत थियो । राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ…
Read More
विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

२८ फागुन,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ । जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति…
Read More
विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

२८ फागुन,मोरङ । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा आशबहादुर तामाङले आज विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गर्नुभयो । नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–१८ भेडियारीस्थित ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ निर्माण गरी आज हस्तान्तरण गरेको हो । ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले रू १९ लाख ७६ हजारको लागत तथा सैनिकहरुको श्रमदानमा सङ्ग्रहालय निर्माण गरेको हो । कुल एक कठ्ठा क्षेत्रफलमा विसं २०७९ कात्तिक २१ देखि सुरु भएको निर्माण चार महिनामा पूरा भएको हो । सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा,…
Read More
बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती

बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई सास्ती

२८ फागुन,जुम्ला । बर्थिङ सेन्टर गाउँबाट टाढा हुँदा जुम्लाको तिला गाउँपालिका–७ का महिलालाई सास्ती हुने गरेको छ । बर्थिङ सेन्टर टाढा हुँदा सुत्केरीलाई नियमितरुपमा जाँच गराउन समस्या भएको छ । ग्रामीण भेगमा यातायातको असुविधा छ । त्यसैले सुत्केरीलाई बर्थिङ सेन्टर जान समस्या हुने गरेको छ । उनीहरु घरमै सुत्केरी हुने गरेका छन् । “नजिक बर्थिङ सेन्टर छैन, टाढाका स्वास्थ्य संस्थामा जान यातायातको असुविधा छ”, तिला–७ पोखरी गाउँकी २६ वर्षीया आशा रोकायाले भन्नुभयो, “बाटो भिरालो छ, बोकेर लैजान सकिँदैन ।” गर्भवती भएको अवस्थामा पटकपटक स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले पोषण भत्ताको सुविधा दिएको छ । तर…
Read More
नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै केयू

२८ फागुन,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । यसका लागि केयूले स्नातक तहमा भू-विज्ञान तथा माइनिङ इञ्जिनियरिङ (खानी इञ्जिनियर)को अध्यापन सुरु गर्ने भएको हो । देशभित्र ‘खानी’ इञ्जिनियरको अभाव महसुस गरी केयूले उक्त विषयको अध्यापन गरिने जनाएको छ । उक्त विषयमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा अध्यापन सुरु गर्ने योजना रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा रहेका खानीजन्य उद्योगमा आवश्यक पर्ने इञ्जिनियरको अभाव देखिएको छ, त्यसका लागि स्नातक तहमा चारवर्षे भू–विज्ञान तथा माइनिङ इञ्जिनियरिङको अध्यापन सुरु गर्न लागेका हौँ ।” नेपालमा…
Read More
च्याउको बजार खोज्दै तुलसा

च्याउको बजार खोज्दै तुलसा

२८ फागुन,दाङ । गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको सङख्या भने निकै कम हुन्छ । तर सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ दाङ तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर । पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहनुभएकी मगरले हाल वार्षिक यसैबाट रू आठ लाखसम्म बचत गर्नुहुन्छ । चौध वर्ष स्वयम्सेविकाका रुपमा विभिन्न जिल्ला पुगी सेवा गर्नुभएकी उहाँले चितवन च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउनुहुन्छ । दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गर्नुभएको…
Read More
तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबन्डा

तीन विद्यार्थी सङ्गठनको उपत्यका ठूला क्याम्पसमा भागबन्डा

२८ फागुन,काठमाडौँ । तीन विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चासिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दीपेश पुनले जानकारी दिनुभयो । नेविसङ्घले नेपाल कर्मश क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्ममकन्या बहुमुखी क्याम्पस, शङ्करदेव क्याम्पस, महाराजगञ्ज क्याम्पस, महाराजगञ्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आर्दश…
Read More
लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

लघुवित्तबारे फैलिएको भ्रम चिर्न वित्तीय साक्षरता अभियान सञ्चालन

२८ फागुन,नवलपुर । लघुवित्त वित्तीय संस्थाविरुद्ध विभिन्न भ्रम फैलाइएको भन्दै नागरिकलाई यसबारे बुझाउन राष्ट्रव्यापीरुपमा वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको छ । विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं लघुवित्त बैंकर्स सङ्घका पूर्वअध्यक्ष वसन्तराज लम्सालले लघुवित्त विरुद्ध फैलिएको हल्ला निराधार भएकाले नागरिकलाई यथार्थ बुझाउन अभियान सुरु गरिएको बताउनुभयो । कोरोनापछिको आर्थिक मन्दीले ऋण तिर्न गाह्रो हुँदा भ्रम फैलाइएको उल्लेख गर्दै उहाँले सङ्घ र सेवाग्राही जिम्मेवार नबनेको स्थानमा मात्र समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । लघुवित्तले नियमविपरीत कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न उहाँले आग्रह पनि गर्नुभयो । लघुवित्त वित्तीय संस्थाले बढी ब्याज लिएको भनेर गलत प्रचार…
Read More
आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द

आजदेखि पृथ्वीराजमार्गको विमलनगर–घाँसीकुवा खण्ड थप पन्ध्र दिन बन्द

२८ फागुन,दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर–घाँसीकुवा खण्ड आजदेखि थप १५ दिन बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्ड १५ दिनसम्म दैनिक चार घण्टाका लागि बन्द गर्न लागिएको हो । उक्त खण्डमा यही फागुन १८ गतेदेखि राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरिएकामा फेरी २८ गतेदेखि चैत १२ गतेसम्मका लागि सोही समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उक्त खण्डमा काम जारी रहेकाले थप १५ दिन दैनिक चार घण्टा बाटो बन्द गर्न जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको उहाँले बताउनुभयो ।…
Read More
Page 236 of 304
1 … 234 235 236 237 238 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.