समाज

एक स्थानीय तह, एक औद्योगिक ग्राम: घोषणामै सीमिति

एक स्थानीय तह, एक औद्योगिक ग्राम: घोषणामै सीमिति

२८ फागुन,गण्डकी । औद्योगिक ग्रामको निर्माणकार्य सुस्ताएको छ । केही बीचैमा अलपत्र परेका छन् । कुनै घोषणमा मात्र सीमित छन् । जेनतेन काम थालेका योजनाको प्रगति पनि न्यून छ । लगानी प्रबन्ध र कार्यान्वयनमा उदासिनता छ । गण्डकी प्रदेशमा २५ औद्योगिक ग्राम स्थापनाको घोषणा भएको वर्षौँ बितिसक्यो । तर अहिलेसम्म कुनै पनि स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालनमा आउन सकेको छैन । तीनै तहका सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम खोल्ने नीति छ । औद्योगिक ग्रामका लागि सङ्घ र प्रदेश सरकारबाट बजेट उपलब्ध भए पनि योजना कार्यान्वयनको जिम्मा स्थानीय तहलाई छ । प्रदेश सरकारले चालु आवमा यहाँ निर्माणाधीन १० औद्योगिक ग्रामलाई मात्र…
Read More
आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

२८ फागुन,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार प्रि–मनसु गतिविधि सक्रिय रहेकाले पछिल्ला दिनमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ । “प्रि–मनसुन भनेको मनसुनअघिको समय हो, यो भित्रको गतिविधि भनेको स्थानीय वायुहरू सक्रिय रहने तथा पश्चिमी वायुको प्रभाव देखिनुका साथै दिनभर घाम लागेर बेलुकीपख मेघगर्जन, चट्याङसहित हल्का वर्षा गराउँछ, त्यसैलाई मौसमी भाषामा प्रि–मनसुन गतिविधि भनिन्छ”, वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो । बिहान र दिउँसो मौसम राम्रो रहे पनि साँझपख देशका…
Read More
नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

नेविसङ्घ काठमाडौँको अध्यक्षमा डङ्गोल

२८ फागुन,काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ । नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गर्नुभएको हो । डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुनुहुन्छ । अध्यक्ष शेर्पाले नेविसङ्घ काठमाडौँको रिक्त अध्यक्ष पदमा सङ्घको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिनुभएको हो । नेविसङ्घको विधि, विधान र मर्यादाभित्र रहेर सङ्घलाई गतिशील बनाउने विश्वास सङ्घले लिएको छ ।
Read More
बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

बालविकास केन्द्र सञ्चालन गर्न दक्ष जनशक्ति तयार गरिँदै

२८ फागुन,कञ्चनपुर । बालविकास केन्द्रलाई बालमैत्री बनाउनका लागि शुक्लाफाँटा नगरपालिकाले सहजकर्ताहरूको क्षमता अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरेको छ । खेलौनाको माध्यमबाट खेल खेलाउँदै सिकाउने कलालाई निर्खानका लागि सहजकर्तालाई शैक्षिक सामग्री निर्माण गर्ने कार्य सिकाउन थालिएको हो । बालविकास तहको पाठयक्रमका विषयवस्तुबारे जानकारीसँगै घरमा प्रयोग भइसकेका पुराना कपडा, चेप्टा ढुङ्गा, बाँसका छेस्का, काँटी, गेडागुडी, बालविकास केन्द्रमा प्रयोग भइसकेका विभिन्न किसिमका चार्टहरूको प्रयोग गरी खेलौना र शैक्षिक सामग्री बनाउन सिकाउनका लागि सहजकर्ताका लागि प्रशिक्षकको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । “बालविकास केन्द्र सञ्चालनको जिम्मा नगरपालिकाको रहेको छ”, उहाँले भन्नुभयो, “परम्परागत तरिकाले सञ्चालन हुँदै आएका बालविकास केन्द्रको आमूल परिवर्तन…
Read More
दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

२८ फागुन,म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन् । विसं २०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको थियो । ठेकेदार कम्पनी बिरुवा–क्याराभानका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले रणवाङमा नाली र पर्खाल निर्माणको काम तीव्रगतिका साथ भइरहेको बताउनुभयो । “बर्खा, चुनाव, नदीजन्य निर्माण सामग्रीको अभावले नियमित काम गर्न समस्या भयो”, उहाँले भन्नुभयो, “आठ किलोमिटरमध्ये लाम्पाटाबाट तोलावाङसम्मको करिब चार किलोमिटर सडक चालु आर्थिक…
Read More
खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित

२८ फागुन,तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गर्नुभयो । “खोलाको दुईपट्टि खेत छ, ठूला–ठूला खाडल पारिएको छ”, उहाँले भन्नुभयो, “तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।” गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाउनुभएन । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उहाँको भनाइ छ । खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ । त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर…
Read More
तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

तनहुँ जलविद्युत् आयोजनाः डाइभर्सन टनेलको ब्रेक थ्रु

२८ फागुन,दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’ भएको छ । आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ । आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र…
Read More
बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

२८ फागुन,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिनुभयो । करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ । जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिनुभएको छ । करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त…
Read More
एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

२८ फागुन,अन्नपूर्ण (कास्की) । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् । शनिबार कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेको हुन् । माछापुच्छ«े गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग गरेका छन् । माछापुच्छे«का अध्यक्ष मीनबहादुर गुरुङले एक्यापको म्याद थप्न नहुने बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि एक्यापको म्याद थपिएको छैन । अब एक्यापको क्षेत्र स्थानीय तहले प्रयोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारको प्रमुख आयस्रोत नै प्राकृतिक क्षेत्र भएको लमजुङको क्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । तर…
Read More
‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

२८ फागुन,सुदूरपश्चिम । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ । सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ । फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा…
Read More
Page 238 of 304
1 … 236 237 238 239 240 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.