अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

Share Icon

२६ फागुन,डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकालाई विपत्का बेला आवश्यकपर्ने २७ प्र्रकारका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको छ ।

भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण, खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो ।

आगो नियन्त्रणका लागि आवश्यक २७ प्रकारका सेफ्टी उपकरण र अमरगढीका वडा नं ५ र ७ लाई खोज तथा उद्धारमा आवश्यक ४५ प्रकारका सामग्री उपलब्ध गराइएको हो ।

अमरगढी नगरपालिका वडा नं ५ र ७ मा सञ्चालित युएसआइडीको सुपर परियोजनाले रू २९ लाख ७५ हजार पर्ने आगो नियन्त्रक र खोज तथा उद्धारका सामग्री उपलब्ध गराएको हो ।

आगो नियन्त्रणका लागि फाइयर फाइटिङ सुट, हेल्मेट, बुट, टर्च, अक्सिजन मास्क, सेफ्टी ग्लास, सिँढी, फायर स्ट्रिङरिसर्ट, फायर बल, फायल ब्ल्याङ्केट, फायर रेक्स्यु रुफ, दमकलका लागि आवश्यक पाइप, नुजललगायतका सामग्री रू १७ लाख ७५ हजारमा अमरगढी नगरपालिकालाई उपलब्ध गराएको युएसआइडीका सुदूरपश्चिम संयोजक प्रगती भट्टराईले जानकारी दिनुभयो ।

यस्तै प्रारम्भिक खोज उद्धारका लागि गैती, बेल्चा, घन, सब्बल, मिप्याड, सेफ्टि बेल्ड, क्याबिना, थ्रोब्याग, बोकेट, इलेक्ट्रिक आरी, डोरी, हेल्मेट, ग्लोब्ज, बुट, स्टेचरलगायत प्राथमिक उपचारका गरी लागि रू १२ लाख लागतका सामग्री वडा कार्यालयहरुलाई उपलब्ध गराइएको रुडुक डडेल्धुराद्वारा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) ले जनाएको छ ।

परियोजनाले दुईवटै वडामा चार सयको सङ्ख्यामा प्रकोप उद्धार स्वयं सेवकसमेत तयार गरेको नाएको छ । समुदायका युवालाई प्राथमिक उपचार, खोज तथा उद्धारको तालिम सञ्चालन गरी स्वयसेवक बनाएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिनुभयो । भूकम्पीय जोखिम, व्यवस्थापन, आगो नियन्त्रण, विपद् जोखिम र व्यवस्थापनबारे समुदायमा समेत परियोजनाले सचेतनाका कार्यक्रम पनि गर्दै आएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.