नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

Share Icon

२९ फागुन,काठमाडौँ । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो ।

आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रू एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ६५ दशमलव ०१ अङ्कले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ८२ दशमलव ७४ अङ्कले र लघुवित्त समूहको उपसूचक ६० दशमलव ८४ अङ्कले घटेको छ ।

बैंकिङ समूह २० दशमलव ३६, विकास बैंक समूह ३७ दशमलव २२, वित्त समूह १३ दशमलव ८९, होटल तथा पर्यटन समूह २५ दशमलव १० र जलविद्युत् समूह १६ दशमलव ३५ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन समूह ४४ दशमलव १२, व्यापार समूह ३० दशमलव ६१ र अन्य समूह १३ दशमलव ७४ अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै सात दशमलव ६२ अङ्कले घटेको छ ।

आज एनआइसी एसिया बैंक लिमिटेडको रू छ करोड २४ लाख ५६ हजार सात सय ४५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अरुण भ्याली हाइड्रोपावर लिमिटेडको एक लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.