मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी
२५ फागुन,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो । प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी…
