समाज

विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

विपन्न समुदाय लक्षित अक्षयकोषमा सहयोग

२४ फागुन,लण्डन । अति विपन्न समुदायलाई लक्षित गरेर पोखरामा स्थापना गरिएको अक्षयकोषमा बेलायतबाट यहाँका व्यवसायी सूर्य गुरुङले करिब रु पाँच लाख सहयोग गर्नुभएको छ । बेलायतमा व्यवसाय गर्दै आउनुभएका गुरुङले आफ्नो यहाँ सञ्चालित गोर्खा प्यालेस रेष्टुराँ स्थापनाको २४औँ स्थापना दिवसका अवसरमा यस अक्षयकोषमा सहयोग गर्नुभएको हो । व्यवसायी गुरुङले यसअघि पनि शिक्षा र खेलकुदका क्षेत्रमा आर्थिक सहयोग गर्दै आउनुभएको छ । बेलायतमा हालै नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको उपस्थितिमा आयोजित एक कार्यक्रममा व्यवसायी गुरुङ उक्त अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा राजदूत आचार्यले संसारका जुनसुकै देशमा रहेर व्यवसाय गरेका नेपालीहरुले आफ्नो समाजका लागि यसरी सहयोग गर्नु प्रशंसनीय कार्य…
Read More
कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै

कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै

२४ फागुन,पर्वत । राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो । फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना…
Read More
चट्याङसहित हल्का वर्षाको सम्भावना

चट्याङसहित हल्का वर्षाको सम्भावना

२४ फागुन,काठमाडौँ । आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही हल्का हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना…
Read More
पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

२४ फागुन,गण्डकी । एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म आजदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । टेवानका अध्यक्ष कमला गिरीका अनुसार कोरोनालगायत विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धिलगायतका कार्यक्रम राखिएको उहाँको भनाइ छ । कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी,…
Read More
आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

२४ फागुन,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ । प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तानी गर्नसमेत प्राधिकरणले सो सूचनामार्फत निर्देशन दिएको छ । “सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला । प्राधिकरणको सहमति नलिई विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला”,…
Read More
कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

२३ फागुन,गलकोट । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उहाँको परिवारले शर्त मञ्जुर गर्नुभयो र पालना पनि । लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाल्नुभयो…
Read More
पानीको भरपर्दो स्रोत खोज्दै टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

२३ फागुन,कीर्तिपुर । साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ । “पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो”, टौ दह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्नुहुन्छ, “बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।” हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ…
Read More
सङ्ग्रहालयले तान्न सकेन पर्यटक

सङ्ग्रहालयले तान्न सकेन पर्यटक

२३ फगुन,धनकुटा । विसं २०३९ मा धनकुटामा स्थापित तत्कालीन क्षेत्रीय सङ्ग्राहलय तथा हाल प्रदेश सङ्ग्रहालयले पर्यटकहरूको ध्यान आकर्षित गर्न सकेको छैन । तत्कालीन पूर्वाञ्चलका १६ जिल्ला हाल कोशी प्रदेशका १४ जिल्लाका १६ वटा विभिन्न जातजातिका कला संस्कृतिहरू यस सङ्ग्रहालयमा संरक्षित छन् । पछिल्लो समय विसं २०७५ मा प्रदेश सरकारको रु ४० लाख लागतमा ती जातिका वेषभूषा, गरगहना तथा वाद्यबादन थप गरिए पनि यहाँ आगन्तुक पर्यटकको खासै वृद्धि भएको छैन । संरचना र सामग्री थप गरिए पनि गएको पाँच वर्षमा हरेक वर्ष सङ्ग्रहालय भ्रमण आउने पर्यटक सङ्ख्यामा वृद्धि हुनुभन्दा थप खस्किएको सङ्ग्रहालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/७६ मा एक हजार…
Read More
कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

कालीगण्डकी करिडोरमा सुरुङ निर्माणको तयारी

२३ फागुन,काठमाडौँ । कालीगण्डकी करिडोरमा झण्डै तीन सय ६० मिटर लम्बाइको सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । म्याग्दीको भीरकाटे भन्ने ठाउँमा विगत केही वर्षदेखि वर्षाको समयमा सडक बाढीले बगाउने र अवरुद्ध हुने समस्या समाधानका लागि सुरुङ निर्माणका लागि अध्ययन अघि बढाइएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो योजनालाई समेटेको छ । डिजाइनको अन्तिम काम भइरेहको र यसै साता प्रस्तुति हुने कालीगण्डकी करिडोर मालढुङ्गा–कोरला योजनाका प्रमुख जगत प्रजापतिले बताउनुभयो । यो सातामा अन्तिम काम सकाएर र परामर्शदाताबाट प्रतिवेदन पाउने उहाँले जानकारी दिनुभयो । सरकारले अध्ययन गरेको र निर्माण पनि सरकारले गर्ने गरी योजना अघि बढाइएको…
Read More
मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

२३ फागुन,काठमाडौँ । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ८७ वटामात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो । नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक कारोबारका लागि योग्य देखिएका छन् । त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम्…
Read More
Page 245 of 304
1 … 243 244 245 246 247 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.