समाज

पर्सा निकुञ्जभित्र पोखरी निर्माण

पर्सा निकुञ्जभित्र पोखरी निर्माण

२३ फागुन,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जभित्र पानीको सहज रुपलब्ध भएसँगै पाटे बाघसहितका वनजन्तुको सङ्ख्या वृद्धि भएको छ । निकुञ्जले हालै गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटे बाघको सङ्ख्या ४१ पुगेको छ । निकुञ्जले प्राकृतिक रुपमा कृत्रिम पोखरी निर्माण गरेपछि निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको हो । त्यसैगरी निकुञ्जभित्र १६३ गौरीगाईं, ४० देखि ५० वटा जङ्गली हात्ती र आठदेखि १० वटाको सङ्ख्यामा एकसङ्गे गैँडा रहे पनि तथ्याङ्कमा तीन गैँडा मात्रै उल्लेख भएको निकुञ्जका प्रमुख अशोककुमार रामले जानकारी दिनुभयो । निकुञ्जले निर्माण गरेको कृतिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुहरुको सङ्ख्या वृद्धि भएको उहाँले बताउनुभयो । करिब १६…
Read More
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो

२३ फागुन,चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो । केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताउनुभयो । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उहाँले बताउनुभयो । यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उहाँको भनाइ छ । पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने…
Read More
‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’

२३ फागुन,बझाङ । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ । महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि गर्‍यौँ । निकै सहज भएको छ”, उहाँले भन्नुभयो । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने…
Read More
लोपोन्मुख हुँदै होलीको जोगिरा

लोपोन्मुख हुँदै होलीको जोगिरा

२३ फागुन,भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ । जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ । पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ । तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फू) का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा…
Read More
मिथिलामा तीन दिन होली

मिथिलामा तीन दिन होली

२३ फागुन,महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो । होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ । “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह…
Read More
कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली

२३ फागुन,नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) आज बाँकेको कोहलपुरमा गोलभेँडा उत्सवसँगै होली खेलिने भएको छ । कोहलपुरलाई पर्यटनसँग जोड्न उत्सवसँगै गोलभेँडाको होली खेलिने पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यसले कोहलपुरलाई पर्यटनसँग जोड्ने र किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट ‘सेन्थेटिक’ रङले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गर्नुभयो । स्पेनमा ‘ला टोमाटिनो फेस्टिभल’ प्रख्यात पर्व मानिन्छ । सो पर्व नेपालमा मनाइने होली जस्तै हो । सो पर्वमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गर्ने गरिन्छ । आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेँडा सिधैँ किसानबाट खरिद गर्ने जनाएको छ ।…
Read More
मिथिला मध्यमा परिक्रमा सम्पन्न

मिथिला मध्यमा परिक्रमा सम्पन्न

२३ फागुन,धनुषा । मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भन्ने गरिन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ । यही विश्वासका कारण…
Read More
रुप्से खोलामा ‘बेलिब्रिज’

रुप्से खोलामा ‘बेलिब्रिज’

२३ फागुन,म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा ‘बेलिब्रिज’ जडान गरिने भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत रुप्से खोलामा ४८ मिटर लामो बेलिब्रिज जडान सुरु भएको हो । आयोजनाका इञ्जिनियर विष्णु चापागाईंले रुप्से खोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि सवारीसाधन आवातजावत सहज बनाउन बेलिब्रिज राख्न लागिएको बताउनुभयो । “ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले बेलिब्रिज राख्न पूर्वाधार निर्माण सुरु गरेका छन्”, उहाँले भन्नुभयो, “एक वर्षभत्रमा बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” बेलिब्रिज जडान गर्न मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा यसै महिना ठेक्का सम्झौता गरेका छन् । सो कम्पनीका सञ्चालक ओम गौचनले सम्झौता लगत्तै बेलिब्रिजको…
Read More
तराईमा होली पर्व मनाइँदै

तराईमा होली पर्व मनाइँदै

२३ फागुन,काठमाडौँ । फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
Read More
विपन्नलाई छात्रवृत्ति

विपन्नलाई छात्रवृत्ति

२३ फागुन,दमौली । तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने जानकारी दिनुभयो । “प्राविधिक शिक्षाको माध्यमबाट दक्ष जनशक्ति बनेर स्वरोजगार एवं आत्मनिर्भर बन्न सकुन् भनेर प्रोत्साहन स्वरुप छात्रवृत्ति वितरण गर्ने नीति ल्याइएको हो”, उहाँले भन्नुभयो । गरपालिकाले प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ जारी गरिसकेको छ । कार्यविधि बमोजिम तीनवर्षे प्राविधिक कोर्स…
Read More
Page 247 of 304
1 … 245 246 247 248 249 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.