साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा
२३ फागुन,चितवन । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका साना निर्माण व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ । विगत दुई वर्षदेखि कच्चा पदार्थका लागि खोलानाला नखोलिनु र बैंकको ब्याज दोब्बर हुनुले साना निर्माण व्यवसायी पलायन हुने अवस्थामा पुगेका हुन् । निर्माण व्यवसायी सङ्घ चितवनका महासचिव पुष्कर अधिकारीका अनुसार सङ्घमा आबद्ध चार सय निर्माण व्यवसायीमध्ये तीन सय ९० साना व्यवसायी छन् । जिल्लामा सङ्घमा आबद्ध नभएकासहित गरेर यो सङ्ख्या एक हजारभन्दा बढी छ । उहाँले नियमित काम गर्ने साना व्यवसायी यही अवस्था रहेमा झण्डै ७५ प्रतिशत पलयन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यको पुरानो खरिद ऐनमा टेकेर ठेक्का सम्झौता…
