समाज

मन्त्रालयको नाम परिवर्तन

मन्त्रालयको नाम परिवर्तन

२४ फागुन,विराटनगर । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश सरकार (मन्त्रिपरिषद्)को मिति २०७८ साल माघ २३ गतेको निर्णयबमोजिम तत्कालीन प्रदेश नं १ को मन्त्रालय सङ्ख्या पनि विस्तार भएको थियो । त्यसैबेला साबिकको भौतिक, पूर्वाधार विकास मन्त्रालय, सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालय गरी तीनवटा…
Read More
राजस्व परामर्श समितिले थाल्यो काम

राजस्व परामर्श समितिले थाल्यो काम

२४ फागुन,काठमाडौँ । सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०-८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको अर्थ मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रितेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको र चैत मसान्तभित्र सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय…
Read More
वन अतिक्रमण बढ्यो

वन अतिक्रमण बढ्यो

२४ फागुन,अत्तरिया । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले अतिक्रमण रोक्ने काम वन कार्यादय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । “सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइहेका छौँ”, उहाँले भन्नुभयो, “छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।” सुदूरपश्चिम…
Read More
तराई मधेसमा आज होली मनाइँदै

तराई मधेसमा आज होली मनाइँदै

२४ फागुन,वीरगञ्ज । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । तराई मधेसमा होलिका दहन मङ्गलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताउनुभयो । मङ्गलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उहाँको भनाइ छ । तर कतिपयले…
Read More
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

२४ फागुन,काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाउनुभयो । उहाँका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत र भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसा हुने गरेको छ । त्यसैगरी, इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत…
Read More
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

२४ फागुन,काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाउनुभयो ।उहाँका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत र भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसा हुने गरेको छ । त्यसैगरी, इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत ४…
Read More
लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

२४ फागुन,म्याग्दी । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ । लोमान्थाङका छिरिङ वाङ्दी गुरुङले यो वर्षको पहिलो पटक हिउँ परेको बताउनुभयो । मार्फामा रहनुभएका घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तल्लो क्षेत्रमा पानी परिरहेको र डाँडामा हिउँ जमेको बताउनुभयो । “जमिन तातेकाले हिउँ जमिसकेको छैन,” उहाँले भन्नुभयो “डाँडा भने सेताम्मे भएका छन् ।” मौसम चिसो भएपछि जमिनमा हिउँ जम्ने लालचनले बताउनुभयो । खेतीपातीका लागि ढिलै भए पनि हिउले फाइदा गरेपनि वर्षाले राम्रो नगर्ने कृषि प्राविधिकको भनाइ छ । “हिउँले शितोष्ण…
Read More
धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा–बन्चरे–ताम्लिङ सडक निर्माण तीव्र

२४ फागुन,धनकुटा । धनकुटा–बन्चरे–ताम्लिङ तीव्ररुपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको रु ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ । धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ । विसं २०७७ असारमा दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौँलाई एक वर्षको म्याद थप गरिएको छ । पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव–इन्जिनियर बद्री ढुङ्गानाले जानकारी दिनुभयो । “कालोपत्र बाहेकको काम सकिने चरणमा छ”, उहाँले भन्नुभयो,…
Read More
रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

रामपुरका किसानलाई आलु स्याहार्ने चटारो

२४ फागुन,रामपुर (पाल्पा) । खेतमा उत्पादन भएको आलु खन्ने चटारोले यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै आउनुभएकी उहाँ यतिबेला आलु खन्ने र भण्डारण गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । रामपुर नगरपालिका–७ का अगुवा किसान गौतम यस क्षेत्रमा आलु उत्पादन गर्ने किसानमध्ये उहाँ अगपङ्क्तिमा हुनुहुन्छ । बीउ तथा खायन आलु उत्पादन गर्ने गौतम अहिले साढे सात रोपनीमा लगाएको आलु खन्ने र स्याहार्ने कार्य गरिरहेको बताउनुहुन्छ । “आलु सोचेभन्दा धेरै राम्रो उत्पादन भइरहेको छ, बिक्री गरेपछि तत्काल पैसा बुझ्न पाइने हुदा व्यावसायिक उत्पादनमा जोड दिएको छु, खेतभरि लगाएका आलु फलेको देख्दा रमाइलो लागिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले करिब…
Read More
काठमाडौँ उपत्यकामा हल्का वर्षा

काठमाडौँ उपत्यकामा हल्का वर्षा

२४ फागुन,काठमाडौँ । आज बिहानदेखि काठमाडाैँ उपत्यका र आसपासका क्षेत्रमा हल्का वर्षा भएको छ । अहिले देशभरकै मौसम बदली भएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाडौँमा बिहान ८ः४५ मिनेटसम्ममा ० दशमलव दुई मिलिमिटर वर्षा भएको छ । डोल्पा, हुम्लामा हिमपात भइरहेको, सर्लाहीलगायतका जिल्लामा अहिले हल्का वर्षा भइरहेको र देशका धेरै ठाउँमा बादल लागेको मौसमविद् पौडेलले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र काठमाडाँै उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी आज पहाडी क्षेत्रका केही ठाउँमा आज मेघगर्जनसहित चट्याङ पर्ने अनुमान गरिएको छ । आज राति पनि पहाडी…
Read More
Page 244 of 304
1 … 242 243 244 245 246 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.