सहकारी बन्द हुँदा बचतकर्ता समस्यामा
२३ फागुन,तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक महिनादेखि बन्द भएको सो सहकारीको शाखा कार्यालयमा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने गरेका छन् । सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उहाँले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउनुहुन्छ । “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई-चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उहाँले भन्नुभयो, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।” शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ ।…
