समाज

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड

१९ फागुन,अन्नपूर्ण (कास्की) । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ । प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो । गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो । प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी…
Read More
सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ : मन्त्री श्रेष्ठ

सरकारले निजी क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएको छ : मन्त्री श्रेष्ठ

१९ फागुन,काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अहिले समग्र अर्थतन्त्र र निजी क्षेत्रमा देखिएका समस्यालाई सरकारले गम्भीररूपमा लिएको बताउनुभएको छ । आज यहाँ आयोजित खिचापोखरी न्यूरोड व्यापार सङ्घको १५औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रका समस्या समाधान हल गर्न प्रयत्नशील रहेको जानकारी दिनुभयो । निजी क्षेत्रको सहकार्यमा मात्र आर्थिक समृद्धि सम्भव रहेको पनि उहाँको भनाइ छ । “अहिलेको राष्ट्रिय साझा कार्यभार देशलाई समृद्ध बनाउनु हो । यो कार्यभार कुनै एक पक्षले मात्र पूरा गर्न सक्दैन भन्ने स्पष्ट छ । निजी क्षेत्र समस्यामा रहेको बारे सरकार जानकार छ”, उहाँले भन्नुभयो । आर्थिक…
Read More
मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि

मानव बेचबिखनविरुद्धको घटनामा वृद्धि

१९ फागुन,पोखरिया । देशकै प्रमुख नाकाको रुपमा चिनिने वीरगञ्ज नाका मानव बेचबिखनका लागि पनि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ बन्ने गरेको देखिएको छ । बालबालिका, किशोर–किशोरी तथा महिला वा पुरुष रोजगारीको प्रलोभनमा परेर बेचिने क्रम यो नाकाबाट बढ्दो छ ।मानव तस्करले बेचबिखन गर्ने उद्देश्य राखेर विभिन्न प्रलोभनमा पारी आफैँ विवाह गर्ने वा भारतीय नागरिकसँग विवाहसमेत गराइदिने गरेको तथ्य बाहिर आएको छ । वीरगञ्ज नाका हुँदै भारतको सीमावर्ती क्षेत्रबाट दिल्लीलगायत ठूला–ठूला सहरमा पु¥याई उनीहरूलाई जबर्जस्ती अनैतिक कार्यमा लगाउने गरिएको पनि पाइएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएका नेपाल र भारतका माइती नेपाल, आस्था नेपाल, माहिर, आशिष प्रोजेक्ट, किनलगायतका सरकारी तथा गैरसरकारी संस्थाका…
Read More
युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रम

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ : प्रम

१९ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । प्रधामन्त्री दाहालले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद…
Read More
जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ

जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ

१९ फागुन,भजनी । कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ । स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । “दैनिक कामका लागि नगरपालिका आउँदा रू ३० तिरेर नदी तर्नुपर्छ । महिनामा रू नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ”, स्थानीय रुपक साउदले भन्नुभयो । उहाँले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउदै नगरपालिकाले पैसा उठाएर झन सास्ती दिने गरेको बताउनुभयो । पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ । ठूला सवारीसाधन पुलबाट नभई…
Read More
पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

पर्यटकीयस्थलमा फोरजी सेवा विस्तार

१९ फागुन,म्याग्दी । नेपाल टेलिकमले धौलागिरि क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलमा थ्रीजी र फोरजी सेवा विस्तार गरेको छ । बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतका धार्मिक र पर्यटकीयस्थलमा विस्तार गरिएको यो सेवाले पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको छ । नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले १० देखि १५ घर बस्ती भएको स्थानदेखि पदमार्ग, राजमार्ग र सार्वजनिक महत्वको क्षेत्रमा सहजै इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “यो व्यवस्थापछि धेरैले गाउँमा सुरक्षाको अनुभूति गरेका छन्”, उहाँले भन्नुभयो, “विशेषगरी म्याग्दी र मुस्ताङका उपभोक्ताले दुर्घटनापछिको खोजी, उद्धार, प्रसूति, सेवा र पर्यटकको सुरक्षामा बढी राहत महसुस गरेका छन् ।”…
Read More
गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

गण्डकीमा खानेपानी र बिजुलीको लक्ष्य अधुरै

१९ फागुन,गण्डकी । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो कार्यकाल बित्यो । चारवटा सरकार बने । मुख्यमन्त्री र मन्त्रीहरू फेरिए पनि प्रदेश सरकारका प्राथमिकताप्राप्त योजना भने अझै अधुरा छन् । आफ्नै निर्णय र प्रतिबद्धता कार्यान्वयनमा सरकार चुकेको छ । पाँच वर्ष बितिसक्दा पनि ‘उज्यालो गण्डकी प्रदेश’ र ‘एक घर, एक धारा’ कार्यक्रमले पूर्णता पाउन सकेको छैन । सरकारी आँकडाअनुसार प्रदेशको छ दशमलव २६ प्रतिशत जनसङ्ख्या अझै पनि खानेपानीको पहुँचबाट टाढा छ । त्रियानब्बे दशमलव ७४ प्रतिशत जनसङ्ख्यामा…
Read More
अग्निपीडितलाई मेची सहकारीको सहयोग

अग्निपीडितलाई मेची सहकारीको सहयोग

१९ फागुन,दमक । झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अग्निपीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गत माघ १ गते आगजनीबाट पसलमा क्षति पुगेका दमक–६ नमूना मार्गका सङ्गीता श्रेष्ठ र सविता श्रेष्ठलाई जनही रु ५० हजार सहयोग प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिनुभयो । यस्तै आफ्ना सदस्यका परिवारबाट माध्यमिक तहमा उत्कृष्ट हुने रोशन पोख्रेललाई रु १० हजार तथा मुटुको शल्यक्रिया गरेका दमक–९ का यज्ञनिधि चम्लागाईलाई रु ५० हजार सहयोग हस्तान्तरण गरिएको छ । संस्थाले आफ्ना सदस्यलाई लक्षित गरी विभिन्न रोगका शल्यक्रिया गर्दा राहतस्वरुप रु ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको संस्थाका…
Read More
कालापत्थरपछि स्याङ्बोचेमा ‘हिमालमा जलवायुको असर’ बारे अन्तरक्रिया

कालापत्थरपछि स्याङ्बोचेमा ‘हिमालमा जलवायुको असर’ बारे अन्तरक्रिया

१९ फागुन,काठमाडौँ । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ । संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ । जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको…
Read More
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

१९ फागुन,काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक रु ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । यसैगरी पशुपति क्षेत्रमा २० वटा…
Read More
Page 249 of 304
1 … 247 248 249 250 251 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.