समाज

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

१८ फागुन,जाजरकोट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ ।सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम…
Read More
‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

‘कोशी प्रदेश’ नामाकरणपछि आज सार्वजनिक बिदा

१८ फागुन,मोरङ । प्रदेश नं १ सभाबाट प्रदेशको नाम ‘कोशी प्रदेश’ राखिएको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी सूचनामा सम्पूर्ण प्रदेशका बासिन्दालाई बधाई ज्ञापन गर्दै प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।
Read More
सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

सर्लाहीका विद्यालयलाई शिक्षक अभाव

१८ फागुन,सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा शिक्षक अभावको समस्या देखिएको छ । जिल्लामा चार सय ५१ सामुदायिक विद्यालय छन् र ती विद्यालयमा न्यूनतम पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी आवश्यक पर्छ । तर यहाँ दरबन्दीमा कार्यरत शिक्षकको सङ्ख्या दुई हजार तीन सय ८८ मात्र छ । जिल्लामा दरबन्दीअनुसार अझै दुई हजार नौ सय ३९ शिक्षक आवश्यक भएको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो । जिल्लामा दुई सय ५० प्रावि तहका संस्थागत विद्यालय, ४१ आधारभूत तहका संस्थागत र ४५ माध्यमिक तहका संस्थागत विद्यालय छन् । जिल्लामा ८६ परम्परागत विद्यालय रहेका कुशवाह बताउनुहुन्छ । जिल्लामा…
Read More
दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

दुई वर्षीया छोरीको हत्या गर्ने बाबु पक्राउ

१८ फागुन,बलेवा । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया छोरीको हत्या गर्ने आफ्नै बाबु पक्राउ परेका छन् । बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेका थिए । घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ । टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताउनुभयो । हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो…
Read More
पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’

पाथीभरा पदमार्गमा अभियान्ताका ‘डस्टबिन’

१८ फागुन,ताप्लेजुङ । धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइमा सहयोग गर्दै आएका सामाजिक अभियान्ताले पाथीभरा पदमार्गमा एक सय ५९ थान डस्टबिन राखेका छन् । हाम्रो अभियान नेपालसहितका छ ओटा सङ्घसंस्थामा आवद्ध सामाजिक अभियान्ताले बुधबार पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत काफ्ले पार्टीदेखि मन्दिरसम्म फोहर सङ्कलनका लागि डस्टबिन राखेका हुन् । मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति हुने र प्लाष्टिकजन्य वस्तुसहितका फोहर बढ्ने भएकाले पदमार्गका विभिन्न ठाउँमा डस्टबिन राखिएको मेची महाकाली सरसफाइ अभियान नेपालका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार डस्टबिन राख्ने कार्यमा मनका कुरा, नेप्लिज टिन्स, विराट पोखरी सरोवरलगायतका संस्था संलग्न छन् । “विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको सरसफाइका साथै आर्थिक अवस्था कमजोर भएका…
Read More
पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

पदमार्ग प्रचारप्रसार गर्दै दोर्दी गाउँपालिका

१८ फागुन,काठमाडौँ । लमजुङको दोर्दी गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनका लागि नयाँ पदमार्ग पहिचान गरेको छ । गाउँपालिकाले ‘भेडिगोठ सेल्टर’ विकास गरी पदमार्गको प्रचारप्रसारमा जुटेको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले गाउँपालिकाले चार दिनदेखि ११ दिनसम्मका पदमार्ग पहिचान गरेको जानकारी दिनुभयो । “गाउँपालिकाअन्तर्गत पहिचान भएका पदमार्ग विल्कुलै नयाँ हुन्, मानवबस्ती र सडक सञ्जालभन्दा टाढा रहेका यी पदमार्गमा यात्रा गर्नेलाई नयाँ अनुभव प्राप्त हुनेमा विश्वास छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दोर्दीको नौथरसेराबाट सुरु भइ इलम पोखरी, लिपेलेक हुँदै दास्राङबाट फेरि नौथरसेरा झर्ने चार दिने पदयात्रा गर्न सकिन्छ । साथै नौथरसेराबाट इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड…
Read More
बिपिडब्लु लघुवित्तको आइपिओ खुला

बिपिडब्लु लघुवित्तको आइपिओ खुला

१८ फागुन,काठमाडौँ । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । निष्कासित शेयरमा सर्वसाधारण लगानिकर्तले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणाली अनुसार तथा अनलाईनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर…
Read More
नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या

१८ फागुन,खजुरा । पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या खड्किएको छ । यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिनेको दैनिक अत्यधिक भिड हुन्छ । तर शौच गर्न भने असुविधा छ । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन् । हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन । नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय देखेर बाँकेको डुडुवा गाउँपलिका–४ का भोला गुप्ताले रिक्सा रोक्नुभयो । तर शौचालय बन्द…
Read More
पर्यटन कार्यालय : भवन न जनशक्ति

पर्यटन कार्यालय : भवन न जनशक्ति

१८ फागुन,गण्डकी । दश जनाको दरबन्दी रहेको तनहुँको पर्यटन तथा उद्योग कार्यालयमा चार कर्मचारी कार्यरत छन् । अधिकृत अविनाश कुँवर कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । एकजना सहायक कम्प्युटर अपरेटर र दुई कार्यालय सहयोगी करारका छन् । प्रशासन, लेखा र प्राविधिक फाँटमा कर्मचारी छैनन् । जिल्ला तहबाटै पर्यटन हेर्ने गरी प्रदेश सरकारले संरचना स्थापित गरे पनि स्रोतसाधनको उचित प्रबन्ध हुन सकेको छैन । जनशक्ति अभावले कार्यालयको कामकाज नै प्रभावित भइरहेको छ । “योजनाको अनुगमनमासमेत हिँड्न पाइएको छैन, बाहिरी काममा जाँदा कार्यालयको जिम्मा कसलाई छोड्ने भन्ने चिन्ता हुन्छ”, प्रमुख कुँवरले भन्नुभयो, “न्यून कर्मचारी हुँदा कार्यबोझ बढेको छ, सेवा प्रवाह प्रभावकारी हुन सकेको…
Read More
विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

१८ फागुन,दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा काम गर्नका लागि आज राति १२ बजेदेखि दैनिक चार घण्टा राजमार्ग बन्द गर्न लागिएको हो । मुग्लिन पोखरा सडकखण्डको विस्तार कार्यअन्तर्गत उक्त खण्डमा सुरक्षितरुपमा काम गर्नका लागि आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उक्त खण्डमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द गरी काम गरिने मुग्लिन पोखरा सडक योजना (पूर्वी) खण्डले जनाएको छ । अत्यावश्यक सवारी साधन भने उक्त समयमा…
Read More
Page 251 of 304
1 … 249 250 251 252 253 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.