समाज

नारायणी नदी संरक्षणमा प्राथमिकता

नारायणी नदी संरक्षणमा प्राथमिकता

१७ फागुन,चितवन । भरतपुर महानगरपालिकाले नारायणी नदी संरक्षणमा उच्च प्राथमिकता दिइ काम थालेको छ ।यस अन्तर्गत नरायणी पुलको उत्तरतर्फको नदी किनारमा छ सय ४० मिटर तटबन्ध गर्न लागिएको हो । महानगरप्रमुख प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नारायणी नदी संरक्षण र आरतीस्थलको आज यहाँ शिलान्यास गर्नुभयो । सो अवसरमा महानगर प्रमुख दाहालले नदी संरक्षण अन्तर्गत पाँच चरणमा काम हुने र संरक्षणले महानगरवासीलाई सुरक्षित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो “नारायणी पुलमाथिको छ सय ४० मिटरको काम सुरुआत भएको छ । अन्य चार क्षेत्रको समेत सम्झौता भई काम अघि बढेको छ ।” यहाँको पर्यटकीय क्षेत्रको विकासमा समेत सहयोग पुग्ने…
Read More
कर नबुझाउनेलाई कारबाही

कर नबुझाउनेलाई कारबाही

१७ फागुन,वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने करदातालाई कारबाही गर्ने भएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने मूल्यअभिवृद्धि करका चार सय तीन र आयकरका चार सय २९ करदातामाथि कारबाही प्रक्रिया सुरु भएको सो कार्यालयले जनाएको छ । प्रमुख कर अधिकृत ढाकाराम तिवारीले भन्नुभयो,‘‘पहिलो चरणमा चरणमा करदातालाई १५ दिने र सात दिनेपत्र पठाइसकेका छौँ । यसपछि पुनःतीन दिनको पत्र पठाउने छौँ ।” पत्र प्राप्त गरेर पनि बक्यौता नबुझाइए उनीहरुको बैंक खाता रोक्का समेत गरिने उहाँले जानकारी दिनुभयो । जिल्लामा एक लाख २४ हजार तीन सय पाँच करदाता रहेको कार्यालयले जनाएको छ । यसैबीच…
Read More
पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

१७ फागुन,पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । “पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो । म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने…
Read More
प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान

१७ फागुन,गलकोट । बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ । जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो । तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ । सामान्यतः छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन् । हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी…
Read More
फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

फागु पूर्णिमामा छिम्केश्वरीमा साहित्यिक तथा सांस्कृतिक मेला

१७ फागुन,दमौली । फागु पूर्णिमाको अवसरमा तनहुँको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागु पूर्णिमाको अवसरमा फागुन २२ गते पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला हुन लागेको हो । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, छिम्केश्वरी युवा क्लब तथा आँबुखैरेनी–५ कार्यालयको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको संरक्षकमा गाउँपालिका रहेको छ । साहित्यिक पर्यटनका माध्यमबाट छिम्केश्वरीलाई देशभर चिनाउने उद्देश्यसहित मेला आयोजना गरिएको परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिनुभयो । फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष छिम्केश्वरीमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । छिम्केश्वरी मन्दिरमा उक्त दिन पूजाआजाका लागि तनहुँका मात्र नभई छिमेकी जिल्लाबाट…
Read More
सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

सडकमै सडक सुरक्षा सचेतना कार्यक्रम

१७ फागुन,काठमाडौँ । ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०-५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई…
Read More
चारलेन सडक निर्माणमा ढिलासुस्ती

चारलेन सडक निर्माणमा ढिलासुस्ती

१७ फागुन,राँझा । चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रु २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती…
Read More
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

१७ फागुन,काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन-चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिनुभयो । उहाँका अनुसार आज सुदूरपश्चिम र…
Read More
दुर्घटना न्यूनीकरण भएन , चौध दुर्घटनामा छ को मृत्यु

दुर्घटना न्यूनीकरण भएन , चौध दुर्घटनामा छ को मृत्यु

१७ फागुन,ढोरपाटन । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म बागलुङमा १४ दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ, भने १३ गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार घाइतेमा हुनेमा ११ पुरुष छन् भने एक नाबालिकासहित दुई महिला छन् । बढ्दो दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले नियमका कडाइ गर्नुका साथै सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएपनि दुर्घटना न्यूनीकरण भएको छैन । जिल्ला सदरमुकाम आसपासभन्दा बढी दुर्गम गाउँ र भर्खर बजार विस्तार भइरहेका ठाउँमा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर खड्काले बताउनुभयो । उहाँले ग्रामीण सडक साँघुरो, धेरै कच्ची हरेको र…
Read More
स्वादका लागि चर्चित बागलुङको आलु

स्वादका लागि चर्चित बागलुङको आलु

१७ फागुन,बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउनुहुन्छ । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् ।…
Read More
Page 253 of 304
1 … 251 252 253 254 255 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.