समाज

कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

कर्णालीका मन्त्री भूकम्प प्रभावित क्षेत्रमा खटिने, कार्यक्षेत्र अनुसार तोकियो जिम्मेवारी

११ कात्तिक, काठमाडाैँ। कर्णाली प्रदेशका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापनको काम गर्ने भएका छन्। प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार प्रभावितको व्यवस्थापनबारे छलफल भएको थियो। छलफलबाट केही मन्त्री भूकम्प प्रभावित क्षेत्रमा बसेर समन्वय गर्ने निर्णय भएको हो। छलफलअनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन्। कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा रहेर काम गर्नेछन्। मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर निरन्तर भूकम्प प्रभावितहरूको व्यवस्थापनको लागि समन्वय गर्ने निर्णय भएको छ। आ-आफ्नो कार्य क्षेत्रअनुसारको सबै मन्त्रीलाई व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको…
Read More
कञ्चनपुरमा बेपत्ता महिला मृत फेला, हत्याको आशंका

कञ्चनपुरमा बेपत्ता महिला मृत फेला, हत्याको आशंका

२० कात्तिक, धनगढी । कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् । आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए । उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ ।
Read More
‘अहिलेसम्म राहत पाएका छैनौं, किरिया पुत्रीसमेत खुला आकाशमुनि बस्नुपरेको छ’

‘अहिलेसम्म राहत पाएका छैनौं, किरिया पुत्रीसमेत खुला आकाशमुनि बस्नुपरेको छ’

२०कात्तिक,काठमाडाैँ । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए।  आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन् उनी। दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाउनुपर्‍यो। उनको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ।  शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ। शेरबहादुरले भने, ‘मैले अहिलेसम्म राहत पाएको छैन। घर भत्किएर तहसनहस भएपछि किरिया पुत्रीसमेत खुला आकाशमुनी बस्नुपरेको छ।’ सबै निकायलाई समस्या बताउँदा पनि…
Read More
जाजरकोट भूकम्प आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

जाजरकोट भूकम्प आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

२० कात्तिक,त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि…
Read More
पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

२० कात्तिक,काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नुभएको छ । पाँचखाल नगरमा निस्कने कुहिले फोहर सङ्कलन तथा गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो । केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानिज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गरिने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताउनुभयो । उहाँले कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट प्राङ्गारिक मल उत्पादन हुने जानकारी दिनुभयो । “ती मिष्रणबाट बनेको मलले माटोलाई खुकुलो बनाउनुका साथै माटोलाई बिरुवाका लागि आवश्यक सबैखाले…
Read More
विद्यार्थीलाई किताब बोक्न नपर्दा 

विद्यार्थीलाई किताब बोक्न नपर्दा 

२० कात्तिक,मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ । विद्यालयले कक्षा ३ सम्म पढ्ने विद्यार्थीले झोलामा किताब बोकेर विद्यालय जान नपर्ने गरी व्यवस्था मिलाए पछि उहाँलाई हिजोआज सजिलो भएको छ । पहिले सबै किताब ल्याउँदा गाह्रो हुने गरेकोमा अहिले त्यो भार कम भएको उहाँको भनाइ थियो । छात्र बोहराले भन्नुभयो, “किताब र खाजा विद्यालयमा नै उपलब्ध हुन्छ, अहिले कपी कलम मात्र लिएर आउँछु सजिलो भएको छ ।” चालु शैक्षिक सत्रदेखि कालिका नमूना माध्यमिक विद्यालय गैँडाकोट नगरपालिका–८ ले कक्षा ३ सम्म…
Read More
भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

भूकम्प पीडित भन्दछन् ‘अहिलेसम्म राहत पाएको छैन’

हेमन्त केसी २० कात्तिक,जाजरकोट। शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो । उहाँको सात जनाको परिवारमध्ये तीन जना मात्र मृत्युको मुखबाट बाँच्न सफल भएको छ । शेरबहादुरका पिता कृतिबहादुर, छोरी स्मृति गम्भीर घाइते भएका छन् भने दाजु विवश घर बाहिर भएका कारण ज्यान बचेको छ । शेरबहादुरले भन्नुभयो “मैले अहिलेसम्म राहत पाएको छैन ।” घर भत्किएर तहसनहस भएपछि किरिया…
Read More
रुपन्देही प्रशासनको निर्णय : आफूखुसी राहत संकलन र वितरण गर्न नपाइने

रुपन्देही प्रशासनको निर्णय : आफूखुसी राहत संकलन र वितरण गर्न नपाइने

२० कात्तिक, बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने भएको छ । भूकम्पप्रभावित क्षेत्रका लागि भन्दै आफूखुसी नगद र जिन्सी सामान संकलन गर्ने प्रयास भएपछि प्रशासनले सर्वपक्षीय बैठकबाट यस्तो निर्णय गरेको हो । जोसुकैले पनि राहत संकलन गर्ने र आफूखुशी राहत बाँड्ने परिपाटीले वास्तविक पीडितसम्म राहत नपुग्ने अनि प्रभावित क्षेत्रमा भद्रगोल हुने भएकाले एकद्वार नीति बनाइएको उनले बताए । ‘भूकम्प प्रभावित क्षेत्रमा पठाउने भन्दै कतिपयले आफूखुसी नगद संकलन गर्ने, सामान बटुल्ने गरेको सूचना आउन थाल्यो । यसले भद्रगोल होला भनेर एकद्वार प्रणाली अपनाउने निर्णय भएको हो’ रुपन्देहीका प्रमुख जिल्ला…
Read More
घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

२० कात्तिक, घोराही (दाङ) । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो । पाँचलाख सहयोग यसैबीच नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो । एमाले संसदीय दलको…
Read More
बुहारी र तीन नाती-नातिनी गुमाएकी सरस्वती : छोरा फर्किएपछि के जवाफ दिनु ?

बुहारी र तीन नाती-नातिनी गुमाएकी सरस्वती : छोरा फर्किएपछि के जवाफ दिनु ?

१९ कात्तिक, रुकुम पश्चिम । शुक्रबार बेलुकी खाना खाएर रुकुम आठबिसकोट नगरपालिका –१४ छेपारेकी ६० वर्षकी सरस्वती जैसी विस्तारामा गइन् । साथमा थिइन्, ६ वर्षकी नातिनी भगवती जैसी । घरको पल्लो कोठामा ३० वर्षकी बुहारी अमृता जैसीसँग एक नातिनी र एक नाती थिए । राति ११: ४७ मा बसेको घर एकाएक हल्लियो । ठूलो गर्जनसहित भित्ताहरु भत्किन थाले । ‘निदाएकै बेला घरको भित्ता हामी माथि खस्यो’ उनले भनिन्, ‘सबै चिज एकाएक भयो, हेर्दाहेर्दै म र नातीमाथि भित्ता खसेर बजारियो ।’ सुरुमा त के भएको हो सरस्वतीले भेउ पाउनै सकिनन् । जब सम्हालिइन्, घर पुरै भत्किसकेको थियो । आफूसँगै निदाएकी नातिनी…
Read More
Page 24 of 304
1 22 23 24 25 26 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.