समाज

भूकम्पपीडितलाई राहत

भूकम्पपीडितलाई राहत

२१ कात्तिक,लुम्बिनी । रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो । भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई…
Read More
त्रिपालको सहारामा भूकम्पपीडित

त्रिपालको सहारामा भूकम्पपीडित

हेमन्त केसी २१ कात्तिक,जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत त्रिपालको व्यवस्था गरी सर्वसाधारणलाई भूकम्पबाट जोगाउने अभियान थालेको छ । पटक–पटक आउने पराकम्पका कारण घरभित्र बस्ने अवस्था छैन । पीडितीले त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएका त्रिपालमुनि रात कटाउने गरेका छन् । भेरी नगरपालिका–२ का प्रदीप खड्काले विद्यालयमा बनाएको टेन्टमा बस्दा सुरक्षित रहेको…
Read More
सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

सिराहाबाट पेस्तोल, नगद र रिचार्ड कार्डसहित ३ जना पक्राउ

२१ कात्तिक, जनकपुरधाम । सशस्त्र प्रहरीले सिरहाबाट आधुनिक हतियार र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सिराहाको लहान नगरपालिका-१ सिङ्गराहीमा सशस्त्रको टालीले चेकजाँच गर्ने क्रममा स९प ४९७१ यमहा सोलुटो मोटर साइकलमा सवार तीनजनालाई ९ एमएमको पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सप्तरीको सुरुङ्गगा नगरपालिका-८ का ३२ वर्षीय अनिल राम, सुरुङ्गगा- ५ का ३० वर्षीय जिबान्नद चौधरी र सप्तरीकै खड्क नगरपालिका-४ का ३५ वर्षीय कासंजयप्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डिआजी दिपेन्द्र साहले जानकारी दिए । उनीहरूको साथबाट ९ एमएमको एउटा पेस्तोल,  एउटा म्याग्जिन, २ थान गोली, नगद एक लाख ८४ हजार २५३ रुपैयाँ, चार…
Read More
परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय

२१ कात्तिक, कोलचौर (जाजरकोट) । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें । वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन् । शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् । ‘दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ…
Read More
विपी स्मृति भवनलाई जुट्यो तीन करोड

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

२१ कात्तिक,गलकोट (बागलुङ)।  बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग सङ्कलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ । अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा…
Read More
 राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

 राष्ट्रिय हितमा सबै शक्तिको साझा धारणा आउनुपर्छ : नेत्री राजभण्डारी

नारायण न्यौपाने २१ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ । जनता र देशका हितका सवालमा सबै शक्ति एकै ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षले उठाएका विषयलाई अर्काले खण्डन गर्दै जुहारी खेल्ने काम भइरहेकामा त्यसमा सुधारको खाँचो औँल्याउनुभयो । सांसद राजभण्डारी भन्नुहुन्छ, “मुलुकको हित हुने विषयमा सरकार, प्रमुख प्रतिपक्षलगायत पक्ष एक ठाउँमा उभिनुपर्छ, अहिले त्यस्ता विषयमा समेत सदनमा दलहरूबीच जुहारी खेलेजस्तो अनुभव भइरहेको छ ।” नेत्री राजभण्डारीले नेतृत्वले देश, समाज र जनतालाई ठिक बाटाबाट डोहोर्याउन पार्टीको आन्तरिक जीवनमा प्रशिक्षण दिनुपर्नेमा जोड दिनुभयो । ‘सांसदसँग रासस…
Read More
राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्रमा जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार विहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मंगलबार विहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।
Read More
ज्यामिरकोटमा त्रिपाल न खानेकुरा

ज्यामिरकोटमा त्रिपाल न खानेकुरा

२० कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१६ ज्यामिरकोटका शेरु मल्ल भूकम्प आउँदा घरमा एक्लै थिए । घर हल्लिन थालेपछि बार्दलीबाट हाम फालेर ज्यान जोगाए । ‘ढोका खुलै भएकाले मैले चाहिँ ज्यान जोगाउन सकेँ’, उनले भने । संयोगले त्यो दिन श्रीमती र छोरा बाहिर भएकाले घरमा उनी एक्लै थिए । मल्लकी पत्नी बिरामी भएपछि उनको उपचारका लागि आमाछोरा काठमाडौं पुगेका छन् । ‘परिवार पनि हुन्थे भने अवस्था अर्कै हुन सक्थ्यो’, भूकम्प गएको रात सम्झदै उनी भन्छन् । २० कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१६ ज्यामिरकोटका शेरु मल्ल भूकम्प आउँदा घरमा एक्लै थिए । घर हल्लिन थालेपछि बार्दलीबाट…
Read More
भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

भूकम्पका घाइते र कुरुवालाई सुर्खेत आउजाउ गर्न निःशुल्क यातायात सेवा

२० कात्तिक, काठमाडौं । सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए । उनकाअनुसार जाजरकोट र रुकुमबाट आउने जाने घाइते र साथमा बस्ने कुरुवालाई निशूल्क यातायात सुविधा दिने निर्णय भएको हो । कमिटिले प्रभावितका लागि ५ लाख बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्री समेत सहयोग गर्ने निर्णय भएको छ ।
Read More
पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो

पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो

२० कात्तिक, काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो । ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् । अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल…
Read More
Page 23 of 304
1 21 22 23 24 25 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.