समाज

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

चिनियाँ राष्ट्रपति सीद्वारा समवदेना

१९ कात्तिक,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउनुभएको छ । आफ्नो सन्देशमा उहाँले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ । चिनियाँ सरकार र जनताकातर्फबाट राष्ट्रपति सीले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर पुनःनिर्माण गर्नसक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको उल्लेख गर्नुभएको छ । यसैगरी चिनियाँ प्रधानमन्त्री ली छ्याङले…
Read More
जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

जाजरकोट भूकम्पमा मृत्यु हुने परिवारलाई सरकारले दुई लाख राहत दिने

१९ कात्तिक,काठमाडाैँ।  जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रूपैयाँ राहत दिने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्। आइतबार बसेको मन्त्रपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।
Read More
रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

रुकुम पश्चिममा सशस्त्रले पठायो १० हजार ७०० टेन्टसहितका कन्टेनर

१९ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरी बलले रुकुम (पश्चिम)का भूकम्प पीडितका लागि १० हजार ७०० टेन्ट पठाएको छ । आज बिहान ४ बजे सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज डिजास्टर रेस्पोन्स सिस्टम (डीआएस) कन्टेनरसहित रुकुम पश्चिम हिंडेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान करीव पौने ४ बजे तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर प्रभावित क्षेत्र हिँडेको हो । नं. २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार थान टेन्ट र उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७०० थान टेन्ट त्यहाँ पठाइएको हो । यसअघि…
Read More
घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी

घाइतेका लागि रगत सङ्कलन गर्दै नेपालगन्जवासी

१९ कात्तिक,राँझा (बाँके)।  जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पु¥याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउनुभएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिनुभयो । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्वःस्फूर्त रगत सङ्कलन भएको हो । नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा एक सय ५८ पिन्ट रगत…
Read More
भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

१९ कात्तिक, भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । “दुई जिल्लाका भूकम्पपीडितलाई रु एक–एक लाख सहयोग गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।…
Read More
भूकम्पबाट अवरुद्ध सडक खुला

भूकम्पबाट अवरुद्ध सडक खुला

१९ कात्तिक,जाजरकोट । शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिनुभयो । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।
Read More
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२…
Read More
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क

१९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए । उनका अनुसार भूकम्प पीडितहरुको उद्धारको काम सकिइसकेको छ । अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको…
Read More
रुकुम पश्चिमका भूकम्प पीडित भन्छन् : भोकै रात काट्यौं

रुकुम पश्चिमका भूकम्प पीडित भन्छन् : भोकै रात काट्यौं

१९ कात्तिक, रुकुम पश्चिम । शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिममा सबैभन्दा क्षति पुगेको गाउँ हो, आठविसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ । भूकम्पले यो गाउँमामात्रै स्थानीय ५ जना र बाहिरका ६ जना गरी ११ जनाले ज्यान गुमाए । मर्ने तर मरेर गइहाले मुस्किलले जोगिएकाहरु पनि बाँकी जीवन बाँच्न संघर्ष गरिरहेका छन् । भूकम्पले घर भत्किएर गुमेको पीडा त छँदैछ, त्यसमा पनि भोकै रात बिताउनु परेको छ । कतै सहयोग माग्न जाउँ, अरु पनि उनीहरु जस्तै बास र आफन्तको सास गुमाएको पीडामा छन् । त्यसैले गएको रात भोकै बिताउनुको विकल्प उनलाई भएन । ‘हाम्रोजस्तै गाउँमा सबैका घर भत्किए, खाने–लगाउने…
Read More
राहतको पर्खाइमा छन् जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित

राहतको पर्खाइमा छन् जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित

१९ कात्तिक, सुर्खेत । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४  म्‍याग्निच्‍यूडको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ । प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन् । जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका भूकम्प पीडितले भने, ‘भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु कापिरहेको छ ।…
Read More
Page 25 of 304
1 23 24 25 26 27 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.