समाज

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

१९ कात्तिक,जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो । भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी सोही ठाउँका अन्दाजी ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।
Read More
बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

बाँकेमा उपचार गर्ने घाइतेको सङ्ख्या ३८ पुग्यो

१९ कात्तिक,नेपालगन्ज। जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ । गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन् । घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो । भूकम्पमा गम्भीर घाइते भएका…
Read More
फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

१७कात्तिक, काठमाडाैँ ।  राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन्। राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ। सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्। पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ। राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।
Read More
चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको अनुरोध

चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको अनुरोध

१७ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय परिचालन गरेको प्रवक्ता कडायतले बताउनुभयो ।…
Read More
पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन छलफल

१७ कात्तिक,धुलिखेल । पनौती नगरपालिकाले नगरपालिकाका–७स्थित सांस्कृतिक सहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउ समुदायस्तरमा छलफल सुरु गरेको छ । नगरपालिकाले आज ‘प्राचीन स्मारकको संरक्षण र प्रवर्द्धनमा स्थानीय बासिन्दाको दायित्व र भूमिका विषय’मा अन्तरक्रिया आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा सहसचिव सुरेश श्रेष्ठले प्राचीन स्मारक क्षेत्रका बासिन्दा नै पूर्णरुपमा नलागेसम्म विश्व सम्पदामा सूचीकृत गर्न सम्भव नहुने बताउनुभयो । सो क्षेत्रभित्रका नागरिकको धेरै गुनासो आउने गरेको छ भन्दै उहाँले संरक्षण क्षेत्रको संवद्र्धन र प्रवर्द्धनको पहिलो दायित्व स्थानीय बासिन्दामै रहने उल्लेख गर्नुभयो । “स्थानीय बासिन्दाको संलग्नताबिना काम बन्दैन”, सचिव श्रेष्ठले भन्नुभयो, “यस क्षेत्रको मुख्य समस्या के…
Read More
अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

१७ कात्तिक,काठमाडौँ । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासङ्घबीच सझदारी भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गर्नुभयो । सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा तथ्य र तथ्याङ्कमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । यस सम्झौताले राष्ट्र बैंक र महासङ्घबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद…
Read More
राष्ट्रिय गौरवको हुलाकी राजमार्गः स्तरोन्नतिको काम सुस्त

राष्ट्रिय गौरवको हुलाकी राजमार्गः स्तरोन्नतिको काम सुस्त

सिद्धराज भट्ट १७ कात्तिक,सुदूरपश्चिम । पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडकखण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ । कैलालीमा धनगढीको मोहना पुलदेखि सत्ती खक्रौलासम्म हुलाकी सडक ६९ किलोमिटर लामो छ । बाँकी खण्डमा स्तरोन्नतिको काम भइरहेको धनगढीपस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । कैलालीकै लम्कीचुहादेखि टीकापुर बजार क्षेत्र (उत्तर दक्षिण) हुँदै सत्ती खक्रौलासम्मको २९ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये आठ किलोमिटर खण्डमा कालोपत्रे…
Read More
पाथीभरामा बलिको विकल्प नरिवल

पाथीभरामा बलिको विकल्प नरिवल

१७ कात्तिक, फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादसैँ, रामनवमी)का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे । अहिले यो चलन क्रमशः घट्दै गएको छ…
Read More
बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ र जुकोको औषधि खुवाइँदै

१७ कात्तिक,काठमाडौँ । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०÷८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो । स्वास्थ्य मन्त्रालयले…
Read More
फापर खेती घट्यो

फापर खेती घट्यो

१७ कात्तिक,ढोरपाटन (बागलुङ) । लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ । व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । रैथाने बाली फापरको आँटो, ढिडो, रोटीलगायत परिकार उपभोग गर्ने गरेकामा पछिल्लो समय आयातित खानेकुराको प्रयोग हुन थालेपछि यसको खेती कम हुन थालेको पाइन्छ । फापरका परिकार उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि अति उत्तम मानिन्छन् । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र ताराखोला गाउँपालिकाको माथिल्लो क्षेत्रमा फापर खेती गर्ने क्रम घट्दै गएको छ । स्थानीय तीर्थबहादुर बुढामगर पहिला गाउँका हरेक किसानले…
Read More
Page 26 of 304
1 24 25 26 27 28 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.