समाज

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

पोखरामा पुष्प मेला आयोजना : फूलमा निर्भरता घट्दै

१५ कात्तिक,गण्डकी। तिहारको पूर्वसन्ध्यामा पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ आयोजना गरिने भएको छ । फ्लोरीकल्चर एशोसिएसन नेपाल जिल्ला समिति कास्कीद्वारा आयोजित सो मेला यही कात्तिक १७ देखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने जनाइएको छ । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको एशोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् । “गोदावरी फूलका विभिन्न प्रजातिका फूल र बिरुवासहित अहिलेको याममा फुल्ने सयपत्री तथा मखमली फूलको प्रदर्शनी तथा बिक्री–वितरण हुनेछ”, अध्यक्ष गुरुङले भन्नुभयो, “बीस हजार बढीले…
Read More
परम्पारगत बालीको विकल्पको बन्दै किवी

परम्पारगत बालीको विकल्पको बन्दै किवी

१४ कात्तिक,भोजपुर। व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । टेम्केमैयुङ–४ नागीमा व्यावसायिकरूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताउनुभयो । आफूले एक सय…
Read More
किसानलाई अनुदानमा आलुको बीउ वितरण

किसानलाई अनुदानमा आलुको बीउ वितरण

१४ कात्तिक,कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो । वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढाऐरले बताउनुभयो । “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण…
Read More
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

१४ कात्तिक,गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताउनुभयो ।
Read More
असल संस्कार कक्षा सञ्चालन

असल संस्कार कक्षा सञ्चालन

१४ कात्तिक,मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा बालबालिकामा असल संस्कार र नैतिक ज्ञान सिकाउनका लागि असल संस्कार कक्षा सञ्चालन गरिएको छ । पछिल्लो समयमा समाजमा विकृति र विसङ्गति बढ्दै गएको जनाउँदै बालबालिकालाई राम्रो ज्ञान सिकाउने उद्देश्यले गैँडाकोट नगरपालिका–१ मा रहेको श्रीवैष्णव परिषद्को भवनमा कक्षा सञ्चालन गरिएको हो । असल संस्कार कक्षामा दैनिक जीवनमा आवश्यक हुने नैतिक ज्ञान र संस्कारका कुरा सिकाउने गरिएको छ । असल संस्कार कक्षाले नियमित असल दैनिकी बनाउन सहयोग गरेको अनुश्री पौडेलको भनाइ छ । “हरेक हप्ताको शनिबार साथीहरू एकै ठाउँमा भेला भई खेल्दै रमाउँदै दैनिक व्यवहारका उपयोगी संस्कार सिक्ने गरिएको छ”, उहाँले भन्नुभयो । असर…
Read More
इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान

१४ कात्तिक,काठमाडौँ। दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ । मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही–६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, “आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।” दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही–६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको…
Read More
गोली लागेर घाइते भएका बाराका शिक्षक स्वर्णकारको मृत्यु

गोली लागेर घाइते भएका बाराका शिक्षक स्वर्णकारको मृत्यु

१३ कात्तिक,काठमाडाैँ । गोली प्रहारपछि गम्भीर घाइते भएका बाराका शिक्षक रूपेश स्वर्णकारको मृत्यु भएको छ। उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सेतोपाटीलाई जानकारी दिए। शिक्षक स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारमाथि अज्ञात समूहले गोली प्रहार गरेका थिए। स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुइटा मोटरसाइकलमा…
Read More
राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा

१३ कात्तिक,गण्डकी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आउनुभएको हो । गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उहाँलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गर्नुभयो । विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जाताजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गर्नुभएको थियो । महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत…
Read More
बारामा गोली चल्यो, एक जना घाइते

बारामा गोली चल्यो, एक जना घाइते

१३ कात्तिक, काठमाडौं । बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले अनलाइनखबरलाई बताए । घाइतेलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
Read More
मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा

मुगु हत्या प्रकरणमा एक जना प्रहरीको नियन्त्रणमा

१३कात्तिक, काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका– ६ मन्दु गाउँमा सामूहिक हत्याको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला सदरमुकाम गमगढीस्थित बजारबाट प्रहरीले शंकाका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिबारेको सूचना गोप्य राखेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । घटनाको सूक्ष्म अनुसन्धानका लागि जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुन्दु पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीको अनुसन्धान टोली शनिवार मुन्दु गाउँमा पुगेको हो । शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर…
Read More
Page 28 of 304
1 26 27 28 29 30 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.