समाज

दशैंमा पाथीभरामा २५ हजार बढी मानिसले गरे दर्शन

दशैंमा पाथीभरामा २५ हजार बढी मानिसले गरे दर्शन

१२ कात्तिक,फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ)मा दसैँका समयमा २५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । दसैँको समय पाथीभरामा पूजापाठको उत्तम समय मानिन्छ । नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् । दसैँ र तिहारका समयमा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गर्दछ । विगतदेखिकै परम्पराअनुसार नवरात्रयता पाथीभरामा भक्तजनको उल्लेख्य आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । नवरात्रपछि दैनिक हजारौँ सङ्ख्यामा…
Read More
खैरहनीमा तटबन्ध अभियान

खैरहनीमा तटबन्ध अभियान

१२ कात्तिक,चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षात्को समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध थालेको हो । नगरप्रमुख शशिकुमार खनियाका अनुसार आगामी दिनमा मुख्य बजार क्षेत्रसहितका बस्ती डुबान रोक्ने गरी काम भइरहेको छ । नदी तटबन्ध गर्दैगर्दा नदी किनारका सडकसमेत निर्माण गरिएको छ । यो संरक्षण र पर्यटनका हिसाबले महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । उहाँका अनुसार पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसिसी पर्खालको…
Read More
कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर २ बालकको मृत्यु

१० कात्तिक, धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुबेर बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय छोरा दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको पुष्टि गरे । उनीहरुको शव नदीको बीच भागबाट निकालिएको थियो ।
Read More
घाँस काट्ने क्रममा भीरबाट लडेर कलाकार घिमिरे गम्भिर घाइते

घाँस काट्ने क्रममा भीरबाट लडेर कलाकार घिमिरे गम्भिर घाइते

१० कात्तिक,काठमाडाैँ। नेपाली फिल्मका सर्वाधिक व्यस्त कलाकार प्रकाश घिमिरे घाँस काट्न जाने क्रममा भीरबाट लडेर गम्भिर घाइते भएका छन् । आज बिान साढे ९ बजे नदीपुर–३ मा घाँस काट्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको अहिले मणिपाल अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था केही गम्भिर रहेको बताइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक संजालमा स्टाटस लेख्दै कलाकार घिमिरेको शिर्घ स्वास्थ्य लाभको कामना गरेका छन् । उनको अहिले अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको छ । कलाकार घिमिरे अभिनित फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ हाल हलमा चलिरहेको छ । उनलाई दर्शकले ‘पशुपति प्रसाद’का ‘मित बा’ भनेर समेत…
Read More
बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

१० कात्तिक,दमौली। वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ । दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी खुसी छन् । “पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भयो,” स्थानीयवासी इमानबहादुर थापाले भन्नुभयो । “खोला तर्र्न बनाइएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको थियो,” उहाँले भन्नुभयो, “खोला उर्लिदा सवारीसाधन चल्दैन थियो…
Read More
एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’

१० कात्तिक,तनहुँ ।जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ । ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ मा एभोकाडोका एक हजार आठ सय चालिस बिरुवा लगाइएको हो । कृषकलाई ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा बताउनुहुन्छ। उक्त बिरुवा रोपेको तीन वर्षदेखि उत्पादन दिन सुरु गर्ने र मूल्य पनि राम्रो पाइने भएपछि कृषकलाई यसतर्फ आकर्षित गराइएको हो । फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी प्राथमिकतामा राखिएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्षदेखि यसको बिरुवा उत्पादन…
Read More
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक

–वासुदेव पौडेल १० कात्तिक, गण्डकी। सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठूलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् । उब्जाउयोग्य जमिनका साथै उत्पादित सामानको सहज बजारीकरणले उनीहरू व्यावसायिक कृषिमा उन्मुख भएका हुन् । कृषिप्रति स्थानीयवासीको बढ्दो आकर्षणसँगै पोखरा महानगरपालिकाले पनि यहाँको कृषि विकासलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले यहाँका कृषकको व्यावसायिकतामा सहयोग पुु¥याउने गरी सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा ल्याइसकेको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो । “किसानलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्दै छरिएका कृषिजन्य उत्पादन सङ्कलन गरी त्यसको बजारीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ हामीले सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्र सञ्चालनमा…
Read More
दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

१० कात्तिक, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् । बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । ठक्कर दिने बस र बसका…
Read More
श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

श्रीमानले प्रहार गरेकोे चिर्पट लागेर श्रीमतीको मृत्यु

१० कात्तिक,खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमान्ले गए राति प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए । हत्या गर्ने श्रीमान्लाई गए राति नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो । शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद…
Read More
सकियो दशैं बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

सकियो दशैं बिदा, आजदेखि सरकारी कार्यालय खुल्दै

१०कात्तिक, काठमाडौं । दशैंका लागि बिदा भएका सरकारी कार्यालय आज शुक्रबारदेखि देखि खुल्ने भएका छन् । ६ दिने दशैं बिदा सकिएसँगै आजबाट कार्यालय खुल्न लागेका हुन् । दशैंका अवसरमा फुलपातिदेखि हिजो द्वादशीसम्म ६ दिन सार्वजनिक विदा रहेको थियो । दशैं विदा सकिएसँगै विभिन्न जिल्ला तथा गाउँबाट कर्मथलो फर्कनेहरुको संख्या बढेको छ । दशैंमा सुनसान बनेको काठमाडौं उपत्यकामा दशैं विदाको अन्त्यसँगै चहलपहल बढेको छ । आजदेखि सबै सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् । आज १० बजे कार्यालय आउनेहरु हिजो बिहिबार नै गन्तब्यमा पुगिसकेका छन् । विशेष गरी बसाईसराई,नोकरी र अध्यन लगायत विभिन्न सिलसिलामा आफ्नो पुख्र्यौली थलो बाहिर…
Read More
Page 30 of 304
1 28 29 30 31 32 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.