समाज

छानबिन गर्नुपर्ने उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा ल्याउँदै जंगीअड्डा

छानबिन गर्नुपर्ने उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा ल्याउँदै जंगीअड्डा

१३ कात्तिक, काठमाडौं । जंगीअड्डाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको छ । सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो । जंगीअड्डा स्रोतका अनुसार, युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ भित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भएपनि हालसम्म फाइल अघि बढेको छैन । दशैं बिदा, अनि लगत्तै १० कात्तिकमा प्रधासेनापति प्रभुराम शर्मा चीन भ्रमणमा गएका कारण सिफारिस जंगीअड्डाबाट रक्षा मन्त्रालय पुगेको छैन । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, जंगीअड्डाबाट सूचना प्रकाशित भएको समयसीमा सकिएपछि मन्त्रिपरिषद्मा…
Read More
यो सम्मानजनक स्कोर हो : भेषावकर

यो सम्मानजनक स्कोर हो : भेषावकर

यो अन्डर पार स्कोर हो । त्रिविको फ्ल्याट विकेट हो । बिहानी कन्डिसनमा बलिङ गर्न पाउँदा नेपाललाई सजिलो भयो । यो विकेटमा यो चेजेबल नै हो । सजिलै हुन्छ । बलिङमा नेपालका सबैले राम्रो गरे । सन्दीपले पनि कमब्याकमा राम्रो गरे । उनले आफ्नो अनुभव अनुसार विकेट लिए । गुल्सनको बलिङ इम्प्याक्टफुल भयो । यसअघिका खेलमा उनले मिडल ओभरमा आएर विकेट लिइरहेका थिए र यस खेलमा पनि उनले त्यही काम गरे र त्यो महत्वपूर्ण रह्यो । गुल्सन र सन्दीपको बलिङ पार्टनरसिप राम्रो भयो । त्यो बिचको स्पेलमा उनीहरुले विकेट लिँदा नेपालको लागि भाइटल भयो कम स्कोरमा रोक्नका लागि । सिंगापुरले…
Read More
‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तिम चरणमा

‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तिम चरणमा

१३ कात्तिक,बलेवा (बागलुङ) । ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ । बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णीम झुला नामकरण गरेको छ । लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार…
Read More
बढ्दो घुम्ने संस्कृति

बढ्दो घुम्ने संस्कृति

१३ कात्तिक,गण्डकी। अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो । दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्कनुभएका उहाँ चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किनुभयो । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसक्नुभएको छ । “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो”, उहाँले सुनाउनुभयो, “नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ ।” पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने खड्काको अनुभव छ । “मर्दी यात्रा पनि स्मरणीय रह्यो, छोटो दूरीको पदयात्राका लागि…
Read More
ज्यादुलखोलामा ‘डाइभर्सन पुल’

ज्यादुलखोलामा ‘डाइभर्सन पुल’

१३ कात्तिक, गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ । बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द हुने ज्यादुल खोलामा डाइभर्सन पुल निर्माण भए पनि निर्धक्क भएर आउआउ गर्न सजिलो भएको भन्दै स्थानीयवासी खुसी भएका छन् । पुल निर्माण नहुँदा बर्खाका बेलामा सवारी साधनसमेत वारपार गर्न नसक्दा यात्रुले निक्कै हैरानी खेप्दै आएका थिए । “बर्खा लागेपछि अत्याश्यक सवारी साधनसमेत चलाउन कठिनाइ थियो”, स्थानीयवासी जीवन कुमालले भन्नुभयो, “बर्खामा काठमाडौँ चितवन जान लागेको बस पानी नघट्दासम्म खोलाको किनारामा दुई तीनसम्म पानी कहिले…
Read More
भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

भारतमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा झण्डै ३०० जनाको मृत्यु भएको थियो ।
Read More
आईडीएफ र हिजबुल्लाहबीच भिडन्तमा नेपाली शान्ति सैनिक घाइते

आईडीएफ र हिजबुल्लाहबीच भिडन्तमा नेपाली शान्ति सैनिक घाइते

१२ कात्तिक, काठमाडौं । इजरायल र लेबनानको सीमा क्षेत्रमा खटिएका एक जना नेपाली शान्ति सैनिक घाइते भएका छन् । लेबनानमा खटिएका नेपाली शान्ति सैनिक इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र लेबनानको लडाकु समूह हिजबुल्लाहबीच दोहोरो युद्ध चलिरहेका बेला खसेको गोलीको छर्रा लागेर सामान्य घाइते भएका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार इजरायल र लेबनानको सीमाक्षेत्रमा दुई पक्षबीचको युद्धका क्रममा नेपाली शान्ति सैनिकको फौज बसेको बंकरमा खसेको पुष्टि भइनसकेको हतियारको छर्रा लाग्दा एकजना घाइते भएका हुन् । स्थानीय समयअनुसार शनिबार राति करिब १० बजेको समयमा उक्त घटना भएको उनको भनाइ छ । ‘बंकरमा खसेको सेल कुन हतियारको हो…
Read More
विचार : संयुक्त राष्ट्रसङ्घमा नेपाल

विचार : संयुक्त राष्ट्रसङ्घमा नेपाल

डा जयराज आचार्य १२ कात्तिक,काठमाडौँ । प्रथम र द्वितीय विश्वयुद्धमा झण्डै १० करोड मानिस मारिएको र खर्बौं डलर बराबरको भौतिक क्षति भएको पृष्ठभूमिमा सन् १९४५ मा संयुक्त राष्ट्रसङ्घको स्थापना भएको हो । आफ्नो विधानको प्रस्तावना वाक्यबाट त्यस विश्व संस्थाको चार प्रमुख उद्देश्य स्पष्ट पारिएको छ । ती हुन्– विश्वशान्ति, मानवअधिकारको संरक्षण, अन्तरराष्ट्रिय कानुनको पालना र स्वतन्त्र वातावरणमा मानवजातिको आर्थिक–सामाजिक विकास । नेपाल सन् १९४५ मा नै सनफ्रान्सिस्को सम्मेलनमा भाग लिएर संयुक्त राष्ट्रसङ्घको संस्थापक सदस्य बन्नसक्थ्यो । किनकि नेपाल प्रथम र द्वितीय विश्वयुद्धमा स्वतन्त्र राष्ट्रका रूपमा विजयी पक्षबाट लडेको थियो । तर तत्कालीन नेपालका शासकहरूले के सोचे वा सोच्दै सोचेनन् नेपालले…
Read More
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा

१२ कात्तिक, राँझा (बाँके) । नेपालगन्ज उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । नागरिकको स्वास्थ्य प्रवर्द्धन सेवालाई प्राथमिकता दिएर स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेको उपमहानगरपालिकाले बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवासमेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताउनुभयो । उपमहानगरपालिकाभित्रका गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरबाट अस्पतालसम्म पुर्याउन निःशुल्क सञ्चालन गरिएको एम्बुलेन्स सेवा मातृशिशु मृत्युुदर घटाउन प्रभावकारी भएको उहाँको भनाइ छ । उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले बिरामीको अस्पतालसम्म सरल र सहज पहुँचका…
Read More
चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण

चिल्लागढधाममा फाल्गुनन्दको सालिक निर्माण

१२ कात्तिक, बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढधाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको सालिक निर्माण गरिएको छ । शिवसताक्षी–९ स्थित चिल्लागढमा रु ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका सालिक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिनुभयो । पूर्णकदको ढुङ्गाका सालिक र सालिक राख्ने स्थानलगायतका संरचनासमेत निर्माण गरिएको उहाँले बताउनुभयो । किरात धर्म साहित्य उत्थान सङ्घका अध्यक्ष डिकेन्द्रसिंह थेगिमले आगामी कात्तिक २५ गते फाल्गुनन्दको एक सय ३९औँ जन्मजयन्तीका अवसरमा एक लाख आठ हजार एक सय आठ दीप प्रज्ज्वलन गरी सालिक अनावरण गर्ने कार्यक्रम रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “चिल्लागढधामको प्रचार–प्रसारको जरुरी रहेको छ ।”
Read More
Page 29 of 304
1 27 28 29 30 31 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.