रुकुम पश्चिमका भूकम्प पीडित भन्छन् : भोकै रात काट्यौं
१९ कात्तिक, रुकुम पश्चिम । शुक्रबार रातिको भूकम्पले रुकुम पश्चिममा सबैभन्दा क्षति पुगेको गाउँ हो, आठविसकोट नगरपालिका वडा नम्बर १४ को छेपारे गाउँ ।
भूकम्पले यो गाउँमामात्रै स्थानीय ५ जना र बाहिरका ६ जना गरी ११ जनाले ज्यान गुमाए । मर्ने तर मरेर गइहाले मुस्किलले जोगिएकाहरु पनि बाँकी जीवन बाँच्न संघर्ष गरिरहेका छन् ।
भूकम्पले घर भत्किएर गुमेको पीडा त छँदैछ, त्यसमा पनि भोकै रात बिताउनु परेको छ । कतै सहयोग माग्न जाउँ, अरु पनि उनीहरु जस्तै बास र आफन्तको सास गुमाएको पीडामा छन् । त्यसैले गएको रात भोकै बिताउनुको विकल्प उनलाई भएन । ‘हाम्रोजस्तै गाउँमा सबैका घर भत्किए, खाने–लगाउने कुरा सबै घरभित्रै पुरियो,’ उनले भनिन्, ‘यहाँ खाने केही छैन । भोकभोकै रात बितायौं ।’
भूकम्पले यहाँका अधिकांश घरहरु भत्किएका छन् । स्थानीयका अनुसार यो गाउँमा ४० घरधुरी छन् । तीमध्ये केही घरमात्रै बचेका छन् । बचेका ती घर पनि बस्न नमिल्ने गरी चर्किएका छन् ।
यही छेपारी गाउँकी गोसमती पुन त्यो कहालीलाग्दो रात सम्झिन चाहन्निन् । उनको घर पूर्णरुपमा भत्किएको छ । श्रीमान र दुई छोरासहित ज्यान भने जसोतसो जोगिएको छ । संयोगले बचेको यही ज्यानलाई जोगाइराख्ने कसरी भन्ने चुनौती छ ।
‘भूकम्प आउँदा घरमा श्रीमान्, दुई छोरा र म थियौं । राति सुतेको बेला भूकम्पले घर पूरै भत्कियो । आधा घण्टासम्म घरभित्रै च्यापियौं । पछि गाउँका मान्छे आएर बाहिर निकालेर बाच्यौं, नत्र त मर्ने थियौं,’ उनले त्यो क्षण सम्झिइन् ।
उनी, उनको श्रीमान्, दुई छोरा सामान्य घाइते छन् । ‘शरीरभरि चोटैचोट छ, के भयो, कसो भयो सोच्नै सकेको छैन,’ उनले भनिन् ।
भूकम्पले घर भत्किएर गुमेको पीडा त छँदैछ, त्यसमा पनि भोकै रात बिताउनु परेको छ । कतै सहयोग माग्न जाउँ, अरु पनि उनीहरु जस्तै बास र आफन्तको सास गुमाएको पीडामा छन् । त्यसैले गएको रात भोकै बिताउनुको विकल्प उनलाई भएन । ‘हाम्रोजस्तै गाउँमा सबैका घर भत्किए, खाने–लगाउने कुरा सबै घरभित्रै पुरियो,’ उनले भनिन्, ‘यहाँ खाने केही छैन । भोकभोकै रात बितायौं ।’
घर भत्किएपछि खानेकुरा पनि त्यहीँ पुरिए । घर भत्किएकी टीका जैशीका अनुसार भूकम्पपछि गाउँमा कोही बाँकी छैन । ‘सुत्ने ठाउँ पनि छैन । हामीसँग खाने कुरा केही छैन, बस्न पनि केही छैन’, उनी भन्छिन्, ‘तर अहिलेसम्म पाल लिएर पनि कोही आएन । बाहिर चिसोमै रातमै बितायौं ।’