भूकम्पपीडितलाई पौवादुङमाको सहयोग

Share Icon

१९ कात्तिक, भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ । आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।

“दुई जिल्लाका भूकम्पपीडितलाई रु एक–एक लाख सहयोग गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उहाँले बताउनुभयो ।

“यो एउटा दुःखद् अवस्था हो”, अध्यक्ष राईले भन्नुभयो, “यसको सबै मिलेर सामना गर्न आवश्यक छ । हामीले पनि केही राहत पुगोस् भन्नका लागि रु दुई लाख सहयोग गरेका छौँ ।” शुक्रबार राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.