न्यायको प्रतिक्षामा रामआशिष
२२ कात्तिक,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ मणिपट्टिका ७० वर्षीय रामआशिष दास अवकाशप्राप्त शिक्षक हुनुहुन्छ । उहाँ दश वर्षअघि माध्यमिक विद्यालय शिक्षकबाट अवकाश हुनुभएको हो । दासले अवकाश हुँदा प्राप्त रकमबाट जनकपुरधाम–१६ पुल्चोकमा किराना पसल सञ्चालन गरी त्यसैबाट जीविकोपार्जन गर्दै आउनुभएको छ । विसं २०८० वैशाख २४ गतेसम्म दासको व्यवसाय र समय ठीकठाक चलिरहेको थियो । तर गत वैशाख २५ गते भने उहाँले अप्रत्यासित घटना सामना गर्नुपर्यो । राति ९ बजेको समयमा उहाँ फिल्मीशैलीमा कुटपिट र लुटपाटमा पर्नुभयो । सो रात दाससँग भएको रु एक लाख ५१ हजार नगद लुटपाट भयो । साथै उहाँलाई १५–२० वटा कागजको पानामा औँठा छाप लगाइयो…
