समाज

मौरीपालनले दिन्छ राम्रो आम्दानी

मौरीपालनले दिन्छ राम्रो आम्दानी

३० फागुन,बेलबारी । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ । मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक किसानहरुले उत्पादन गरेको मह औसतमा वार्षिक आठ सय क्विन्टलभन्दा बढी पालिकाबाहिर निर्यात हुने गरेकामा विगत वर्षहरुमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने सङ्केत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोख्रेल बताउनुहुन्छ…
Read More
दीर्घायुका लागि राना समुदायको ‘खखडेहरा पर्व’

दीर्घायुका लागि राना समुदायको ‘खखडेहरा पर्व’

३० फागुन,महेन्द्रनगर । राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ मङ्गलबार मनाइरहेका छन् । मुलुकमै कञ्चनपुुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा परम्परगत शैलीमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले सो पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा मङ्गलबार सार्वजनिक बिदासमेत दिएको छ । राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै विशेषता रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानका चेतराम रानाले बताउनुभयो । उहाँले आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगब्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत स्थानीयले गर्ने प्रचलन रहेको सुनाउनुभयो । राना थारू समुदायमा एक महिनासम्म होली…
Read More
प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

३० फागुन,बैतडी । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । सुरु गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५-५६ मा उक्त सडक शिलान्यास गरिएको थियो । सुरुमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ । हाल कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो । यो सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ । उहाँले भन्नुभयो, “आगामी जेठभित्र छ किलोमिटर कालोपत्र…
Read More
द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

द्वन्द्व पीडितले न्याय नपाएको गुनासो

३० फागुन,नेपालगञ्ज । बाँकेमा रहेका द्वन्द्व पीडितले आफूहरुले अझै पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनीले यहाँ आयोजना गरेको ‘मानवअधिकार तथा मानवीय अवस्था’ विषयक अन्तरक्रियामा उनीहरुले मध्यमार्गी बाटो तय गरेर भए पनि द्वन्द्वका घाउ मेटाउन आग्रह गरेका छन् । द्वन्द्व पीडित समाजका अध्यक्ष चन्द्रकला उप्रेतीले बेपत्ता पारिएकाको पीडा पीडितलाई मात्र महसुस हुने उल्लेख गर्दै बेपत्ता भएकाका लागि मृत्यु दर्तामा नै समस्या भएको बताउनुभयो । द्वन्द्व पीडित तथा एकल महिला समाज, बाँकेका अध्यक्ष एकमाया विकले अहिले पनि द्वन्द्व पीडित बिचल्लीमा परेको भन्दै द्वन्द्व पीडितले न्याय पाउँछन् भन्नेमा विश्वास नभएको बताउनुभयो । “द्वन्द्व पीडित अहिले…
Read More
विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो

विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो

३० फागुन,कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या छ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ । मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन् । कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो । प्राथमिक उपचारपछि…
Read More
कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

कार्यपालिका बैठक भत्ता शिक्षकशिक्षिकाको तलबमा

३० फागुन,तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकशिक्षिकालाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकशिक्षिकलाई मासिक जनही रु २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुईवटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेकोे छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था…
Read More
बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग छलफल

३० फागुन,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएकामा उनीहरुले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका थिए । सहभागी व्यक्तिहरुले सङ्घ, प्रदेश र स्थानीय सरकारका योजना दोहोरिएको र दोहोरो योजनाका कारण जनता अलमलमा परेकाले यस विषयमा स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । उपमहानगर प्रमुख पाण्डेयले बुटवललाई साझा सहरका रूपमा अगाडि…
Read More
नदी क्षेत्र खुम्चँदै आवास क्षेत्र बढ्दै महोत्तरीमा

नदी क्षेत्र खुम्चँदै आवास क्षेत्र बढ्दै महोत्तरीमा

३० फागुन,महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा नदी, खोलाखोल्सी र सिमसारक्षेत्र खुम्चने र आवासक्षेत्र बढ्दो क्रममा देखिएको छ । बर्दिबास नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्बाट हालै सार्वजनिक जग्गा वर्गीकरण अभिलेखले यस्तो तथ्याङ्क देखाएको हो । पछिल्लो सात वर्षमा नज्ञदी, खोल्साखोल्सी र सिमसार क्षेत्रको क्षेत्रफल सात सय ३५ हेक्टरले घटेको छ । विक्रम सम्वत् २०७२ साल (सन् २०१७) मा तीन हजार छ सय ६१ हेक्टर रहेको यस्तो क्षेत्र अहिले नक्साङ्कन गर्दा दुई हजार नौ सय २६ मा सीमित भएको हो । यसअघिको नदी, खोल्साखोल्सीमा बाँध, तटबन्ध बाँधिएर उकास भएको यो क्षेत्र अन्य उपयोगमा गएपछि घटेको नयाँ नक्साङ्कन गर्ने संस्था स्मार्ट सिटी…
Read More
इतिहास शिरोमणि आचार्यको योगदानको स्मरण

इतिहास शिरोमणि आचार्यको योगदानको स्मरण

३० फागुन,काठमाडौँ । इतिहास शिरोमणि बाबुराम आचार्यको १३६औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपालको इतिहास, साहित्य र समालोचनाका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन’ कार्यक्रमका वक्ताले उहाँको योगदानका बारेमा चर्चा गर्नुभएको हो । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । विसं १९४८ देखि मोतिराम भट्टले सुरु गरेको समालोचनाको परम्परामा आचार्यको पनि योगदान रहेको उहाँले चर्चा गर्नुभयो । नेपाली साहित्यमा इतिहास, समालोचना र यसका प्रवृत्तिको उजागर गर्ने काम गर्नुभएका आचार्य २०२०…
Read More
चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

चलायमान बन्दै अन्नपूर्ण पदमार्ग

३० फागुन,मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्ष बेमौसममा हिमपात भएपछि पर्यटकीय क्षेत्र चलायमान हुन थालेको छ । विगतका वर्षमा हिउँदमा हिउँ खेल्न आउने पर्यटक प्रशस्त हुने गरे पनि यसवर्ष हिमपात भएन । हिमपात नहुँदा हिउँ छुन र खेल्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको थियो । तर, वसन्त ऋतु सुरु भएसँगै हिमपात हुुँदा अहिले पर्यटकको आवागमन बढेको छ । पर्यटकको आवागमनले अन्नपूर्ण पदमार्ग चयालमान बन्दै गएको छ । बेमौसममा सुनसान रहने मनाङ अहिले बाटोभरि विदेशी पर्यटक आउँदै गरेको देखिन्छन् । हिमपात भएको अवस्थामा पदयात्रा गर्दा जोखिम मोल्नुपर्ने भए पनि यसवर्ष त्यस्तो जोखिम छैन । अहिले जोखिम नहुँदा पर्यटकलाई पदयात्रा गर्न सहज…
Read More
Page 231 of 304
1 … 229 230 231 232 233 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.