सडक पेटीमा राखिएका सामान जफत
१ चैत,भक्तपुर । भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ । सडक पेटीमा र सर्भिस ट्रयाकमा कुनै पनि सवारीसाधन बिक्रीका लागि नराख्न र व्यापार व्यवसाय नगर्न नगरपालिकाले पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेपछि नगरपालिकाले मोटरसाइकलसहित विभिन्न सामान जफत गरेको हो । नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको घलाते र चुनदेवीमा २५ पसल बाहिर बाटो र पेटीमा बेचबिखनका लागि राखेका सामान, मोटरसाइकललगायत सामान जफत गरिएको उहाँले बताउनुभयो । अनुगमनमा ब्रदर्श रिकन्डिसन हबलाई बाटो र पेटीमा बिक्रीका लागि मोटरसाइकल नराख्न पटक–पटक निर्देशन दिँदासमेत अटेर गेपछि बिक्रीका लागि राखेको मोटरसाइकल…
