बजार छैन नागबेली झारको
१ चैत,पर्वत । कुनै समय वनमा खेर गइरहेको नागबेली झार बिक्री गरी मनग्य आम्दानी गरेका यहाँको विकट गाउँका बासिन्दा अहिले निराश छन् । सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने झार बिक्री हुन छाडेपछि स्थानीय निराश बनेका हुन् । जिल्लाको जलजला गाउँपालिका–९ बनौ, ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र वडा नं ४ क्याङमा यो झार प्रशस्त मात्रामा पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विभिन्न विदेशमा आयात गर्न थालेपछि उत्साहित बनेका उपभोक्ता पछिल्लो दुई वर्षयता विदेशी कम्पनीहरु सम्पर्कमा नआएपछि निराश बनेका छन् । उपयोगिता बुझ्दै गएपछि केही वर्ष सामुदायिक वनसँग आबद्ध उपभोक्ताहरुले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री वितरण गरे…
