समाज

चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

चौध निर्माण कम्पनीलाई कारबाहीको तयारी

१ चैत,चितवन । भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयारी गरिएको छ । पालिकाभित्रका विभिन्न निर्माणको जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही सुरु गरिएको महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले यस वर्ष दुई निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गर्नाका साथै थप १४ कम्पनीलाई कारबाहीका लागि कार्यपालिका बैठकले निर्णय भइसकेको छ । सिफारिसमा परेका दुई कम्पनी कारबाहीमा परिसकेका इन्जिनियर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यपालिका बैठकले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिसकेकाले कारबाहीको प्रक्रिया अघि बढेको छ ।” कारबाही गरिएकामा काठमाडौँस्थित अनुष्ठा…
Read More
उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?

उपत्यकामा पैदलयात्रीका लागि सचेतना अभियान किन आवश्यक ?

१ चैत,काठमाडौँ । उपत्यकामा गत आर्थिक वर्षमा मात्रै सवारी साधनको ठक्करबाट ५८ पैदलयात्रीको मृत्यु भएकामा चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ४० पैदलयात्रीले अनाहकमा ज्यान गुमाउनुपरेको छ । विगतमा जेब्राक्रसिङ्मै सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको घटना पटक–पटक दोहोरिएको थियो । ती तथ्यले उपत्यकामा हिँड्ने पैदलयात्री सबैभन्दा बढी जोखिममा रहेको देखाएको छ । एक त सवारी साधनको लापरबाही, त्यसमाथि पैदलयात्रीको बेपरबाहले उनीहरु थप जोखिममा देखिन्छन् । ठाउँठाउँमा सडक खनिएकाले पनि यात्रुको आवागमनमा अवरोध हुँदा मूल सडकबाटै हिँड्नुपर्ने बाध्यताले पनि बटुवामा जोखिम बढ्छ । जेब्राक्रसिङमा गाडी नरोक्ने, यात्रुहरु बाटो काट्टा–काट्दै हतारमा सवारी साधन अगाडि बढ्ने, छिटो जाने बहानामा लापरबाहीपूर्वक सवारीसाधन हाँक्ने प्रवृति…
Read More
श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव २०७९ मा असी लाख सङ्कलन

श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव २०७९ मा असी लाख सङ्कलन

१ चैत,भक्तपुर । पहिलो पटक आयोजना गरिएको ‘अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९’ आज सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका–६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा फागुन २४ गतेदेखि सञ्चालन भएको महायज्ञसहितको महोत्सवमा दाताहरुबाट रु ८९ लाख सङ्कलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं महोत्सव आयोजक समितिका सचिव धर्मराज कार्कीले जानकारी दिनुभयो । दैनिक १३ हजारसम्म भक्तजनको उपस्थिति रहेको महोत्सवमा नेपालका ७७ वटै जिल्ला र भारतका बिभिन्न प्रान्त एवं अमेरिकाबाट समेत आएका भक्तजनको सहभागिता रहेकोे उहाँले जानकारी दिनुभयो । महोत्सवमा जगतगुरु सूर्यनारायणले मन्दिरको गजुर प्रतिस्थापन एवं मन्दिर उद्घाटन गर्नुभएको थियोे । महोत्सवमा करिब रु ६० लाख खर्च भएको सचिव कार्कीले जानकारी…
Read More
अधिकांश मासु पसल मापदण्डविपरीत

अधिकांश मासु पसल मापदण्डविपरीत

१ चैत,गुल्मी । यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । उक्त केन्द्रका प्रमुख डा भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका–१ र २ मा दुई दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मासु पसल दर्ता नगरिएको तथा दर्ता गरिएका पसल पनि नियमित नवीकरण नगरिएको भेटिएका उहाँले बताउनुभयो । अनुगमनका क्रममा मासु, तरकारी, दूध तथा फलफूल एकै ठाउँमा राखेर बिक्री वितरण गर्ने…
Read More
पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा सहयोग

१ चैत,ताप्लेजुङ । यहाँको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउने गर्दथे । मन्दिरका पुजारी डिल्ली आचार्यका अनुसार बडा दसैँ र रामनवमीका बेलामा स्वदेश तथा विदेशबाट आएका भक्तजनले पशु बलि चढाउने गर्दछन् । उक्त समयमा पाँच सयदेखि एक हजार बढी पशुको बलि चढाइन्थ्योे । अहिले यो चलन बिस्तारै घट्दै गएकाले हिजोआज निकै कम पशु बलि दिने गरिएको उहाँले बताउनुभयो । “पहिला चाडबाडका बेला प्रत्येक दिन पाँच सयदेखि एक हजार दुई सयसम्म बलि…
Read More
हेटौँडामा विद्युतीय तार भूमिगत गरिने

हेटौँडामा विद्युतीय तार भूमिगत गरिने

१ चैत,बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताउनुभयो ।  
Read More
घरबहाल विवरण बुझाउने न्यून

घरबहाल विवरण बुझाउने न्यून

१ चैत,काठमाडौँ । यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्छ । घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि काठमाडौँ महानगरपालिकाको प्रयास प्रभावकारी हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाले गत फागुन २ मा निर्देशिका नै जारी गरी घरबहालमा दिनेलाई करको दायरामा ल्याउन गरेको प्रयास प्रभावकारी नदेखिएको हो । महानगरका अनुसार अहिले तीन/चार दिनमा एक/दुई जना मात्रै विवरण बुझाउन आउने गरेका छन् । महानगरले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरेको थियो ।…
Read More
मध्यपहाडी राजमार्ग: घोडाबाधे–हटिया खण्डमा मर्मत जारी

मध्यपहाडी राजमार्ग: घोडाबाधे–हटिया खण्डमा मर्मत जारी

१ चैत,गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड कतै कालोपत्रे गर्न बाँकी छ भने कतै कालोपत्रे भइसकेको खण्ड उप्किएर क्षत्विक्षत् छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जिल्ला सदरमुकाम बागलुङ बजार खण्ड अझै कालोपत्र हुनसकेको छैन । अन्य खण्ड कालोपत्र भइसकेको लोकमार्गको घोडाबाधेदेखि हटियासम्मको सडक कालोपत्र भएको सात वर्षमै बिग्रिएको छ । अहिले उक्त खण्ड मर्मतका लागि पुन: ठेक्का सम्झौता भएर धमाधम काम भइरहेको मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । दुईवर्ष अघिदेखि घोडाबाधेदेखि हटियासम्मको २० किलोमिटर सडक बाढीपहिरोका कारण क्षत्विक्षत् भएपछि अहिले धममाधम मर्मतको…
Read More
च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

१ चैत,सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागार्इंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका उहाँ तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौँ ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित हुनुभएको हो । काठमाडौँ उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा रू एक लाख लगानीमा उहाँले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गर्नुभएको हो । “जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौँ लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय…
Read More
मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो

मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो

१ चैत,उदयपुर । हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् । केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उहाँ भन्नुहुन्छ “स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो,…
Read More
Page 227 of 304
1 … 225 226 227 228 229 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.