पर्यटकीय गन्तव्य बन्दै पुरानोकोट गढी
२ चैत,लमजुङ । एतिहासिक पुरानोकोट गढी पर्यटकको मुख्य गन्तव्यको रूपमा पर्न थालेको छ । यहाँ नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयायन मन्त्रालय र बेँसीसहर नगरपालिकाको संयुक्त लगानीमा वडा नं ४ स्थित पुरानोकोट गढीमा शान्ति स्तूपा तथा भ्यू टावर निर्माण गरिएपछि यतिबेला पर्यटकको आवागमन बढ्न थालेको हो । नेपालका बाइसे–चौबिसे राजाको पालामा बनेको उक्त गढीमा निर्माण गरिएको संरचना हेर्न, तथा सो क्षेत्रबाट आसपासका प्राकृतिक दृश्य नियाल्न यतिबेला पर्यटकको आगममन बढ्दो छ । स्थानीयवासी देवबहादुर गुरुङले भन्नुभयो, “सोही स्तूपा तथा भ्यू टावर वरपर कालु शाहकी रानीको दरबार रहेको सो स्थानलाई यशोबह्म शाहको पालादेखि पुरानोकोट गढीका रुपमा स्थापित हुँदै आएको छ ।…
