समाज

गोठ र खोर सुधारमा अनुदान

गोठ र खोर सुधारमा अनुदान

२ चैत,कास्की । माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो । पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएको छ । कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार…
Read More
स्थानीयवासीले जगाए पुरानो मेला

स्थानीयवासीले जगाए पुरानो मेला

२ चैत,गण्डकी । लामो समयदेखि बन्द रहेको परम्परागत ‘सिस्टेनी मेला’ रुपावासीको सक्रियता फेरि सुरु भएको छ । पचासको दशकको सुरुतिर बन्द भएको उक्त मेलाको जगेर्नामा स्थानीय कस्सिएका हुन् । कास्कीको, रुपा गाउँपालिका–६ मा यसपालिको चैतेदशैँमा दोस्रो सिस्टेनी मेला हुँदैछ । रुपाताल छेउमा लाग्ने उक्त मेला यही चैत १५ देखि १७ गतेसम्म चल्ने आयोजक शान्तिरुपा बराहथोक तमु युवा परिवारले जनाएको छ । संस्थाका अध्यक्ष बुद्धिबहादुर गुरुङले खेल, कला, संस्कृति र पर्यटन प्रवद्र्धनको उद्देश्यले मेला राखिएको बताउनुभयो । कास्कीको तेस्रो ठूलो ताल रुपातालको प्रचारप्रसारमा पनि मेलाले सघाउने आयोजकको विश्वास छ । मेलाको आकर्षणमा पुरुष भलिबल, छेलो, रस्साकस्सी र भाले छुने प्रतियोगिता आयोजना…
Read More
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी

२ चैत,गलेश्वर । फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अर्गानिक जुस मुस्ताङका मौलिक उत्पादन हुन् । प्रचारप्रसारको अभावमा जिल्लाभित्रै सीमित रहेका यी रैथाने उत्पादनले अब भने बाहिरी बजारमा आफ्नो स्वादलाई चखाउन पाउने भएका छन् । यहाँ पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) ले जिल्लाका महिला उद्यमीलाई चारदिने ‘डिजिटल मार्केटिङ’सम्बन्धी तालिम प्रदान गरेपछि आफ्नो उत्पादनलाई बाहिरी बजारमा पठाउने तयारी सुरु भएको छ । जिल्लामै खपत हुने फापरको झिलिङ्गा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको जुसलगायत हिमाली रैथाने उत्पादनको माग काठमाडौँ र पोखरामा उच्च छ । व्यापारिक ज्ञानको अभावमा जिल्लाभित्र नै सीमित रहेका यी उत्पादन अब ‘डिजिटल मार्केटिङ’ का माध्यमबाट जुनसुकै ठाउँमा…
Read More
गाँजासहित चार पक्राउ

गाँजासहित चार पक्राउ

२ चैत,वीरगञ्ज । प्रहरीले टोलीले पर्साको पर्सागढीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा वीरगञ्ज महानगरपालिका–३२ निवासी रामतुल्लाह मियाँ, चितवनको राप्ती नगरपालिका–१२ निवासी सहमुल पुजा, रामविलास पुजा र मर्कुस पुजा रहेको प्रहरीले जनाएको छ । जीतपुर बाराबाट ना२ह ३०८ नम्बरको अटोमा सवार भई मनवातर्फ जाँदै गरेका चार जनालाई शङ्का लागेर आज बिहान जाँच गर्ने क्रममा २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Read More
परम्परागत गाईपालनमा रमाउँदै किसान

परम्परागत गाईपालनमा रमाउँदै किसान

२ चैत,महोत्तरी । यहाँको बर्दिवास नगरपालिका–७ जुरेटोलका किसान वचनदेव यादवले स्थानीय जातका एक सय गाई पाल्नुभएको छ । यादवलाई ‘ल न अब चैँ मेरो बारीमा गाई ओलार (मलको प्रयोजनका लागि बारीमा चारैतिर ढाट लगाएर गाई राख्ने) राखी दिनु’ भन्दै किसानहरु आउँछन् । यादवको वर्षको आधा समय त विभिन्न गाउँ बस्तीमा गाई डुलाएर बित्छ । “स–साना बाछाबाछीसहित गोठमा पुगनपुग एक सय गाई छन्, जिल्लाकै सुदूरदक्षिणी भेग र छिमेकी जिल्ला सर्लाहीका विभिन्न बस्तीबाट मलकै लागि गाई ओलार राखी दिन थुप्रै किसान भन्न आउँछन्”, वचनदेव भन्नुहुन्छ, “सघन वर्षाका महिनाबाहेक अरु बेला त ठाउँठाउँमा डुलेरै बित्छ ।” यसरी गाई ओलार राख्न लगिँदा गोठालाको खाना…
Read More
बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द

बेनी-जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द

२ चैत,म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । “चैते दशँैको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,”…
Read More
भानु स्मृति पार्कको डिपिआर तयार

भानु स्मृति पार्कको डिपिआर तयार

२ चैत,दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानु स्मृति पार्क निर्माण गरिने भएको छ । भानु नगरपालिका-४ पुरनडिहीमा भानु स्मृति पार्क निर्माण गर्न लागिएको हो । भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गर्न लागिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । जन्मस्थल विकास समितिको कार्यालयभन्दा एक किलोमिटर टाढा रहेको उक्त ठाउँमा भानु स्मृति पार्क निर्माणका लागि डिपिआर तयार भएको छ । सहरी विकास मन्त्रालयले सङ्घीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत पार्कको डिपिआर तयार गरेको रानाभाटले बताउनुभयो । “भानु जन्मस्थललाई साहित्यिक पर्यटनको थलो बनाउने उद्देश्यसहित विभिन्न पूर्वाधार निर्माण गर्दै जाने उद्देश्य राखिएको छ, सोही उद्देश्यलाई…
Read More
मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै

मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गरिँदै

२ चैत,कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अगाडि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यमबाट न्याय प्रदान गर्नका लागि मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने काम सुरु गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताउनुभयो । “न्यायिक समितिमा आउने विवाद दर्ता गरिसकेपछि सिधै मेलमिलापका लागि वडामा सूचीकृत मेलमिलापकर्ता कहाँ पठाउने कार्य हुन्छ”, उहाँले भन्नुभयो, “मेलमिलाप हुन नसकेका विवादलाई वडाका मेलमिलापकर्ताले सिधै न्यायिक समितिमा सिफासि साथ पठाउनेछ, वडाबाट समितिमा पठाइएका विवाद समाधान नभए सम्बन्धित निकायमा पठाउँछौँ ।” यसअघि…
Read More
आयोगको ध्यानाकर्षण

आयोगको ध्यानाकर्षण

२ चैत,काठमाडौँ । निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न-नगराउन ध्यानाकर्षण गराएको छ । उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी सो ध्यानाकर्षण गराएको हो । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनकोे ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु भइरहेको विज्ञप्ति मार्फत स्मरण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा…
Read More
जुम्लामा बालविवाहमुक्त अभियान

जुम्लामा बालविवाहमुक्त अभियान

२ चैत,जुम्ला । जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो । तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको छ । यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन् । समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उहाँले बताउनुभयो । बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका…
Read More
Page 224 of 304
1 … 222 223 224 225 226 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.