समाज

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

२ चैत,गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिनुभयो । कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उहाँले बताउनुभयो । “हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियाँै”, उहाँले भन्नुभयो, “आवेदन दिएका एक सय ३५ जनामध्ये छनोट गरेर ट्र्याक्टर वितरण गरिएको हो”, परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पु¥याउने उद्देश्यले पालिकाले…
Read More
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

२ चैत,सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा…
Read More
चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान निर्माण

२ चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्ररुपमा भइरहेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने एक सय २५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रु २५ लाख खर्च भएको उहाँले बताउनुभयो । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रु पाँच लाखको लागतमा पाँच वटा पोखरीसमेत मर्मत गरिएको उहाँले जानकारी…
Read More
बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

बँदेल र बाँदरको दुःखले किसान आँप खेतीतर्फ

२ चैत,धनकुटा । जङ्गली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । अहिले छिम्सुवावासी अन्नबाली लगाउँदा बाली जोगाउन पर्ने तनावबाट मात्र मुक्त भएका छैन उनीहरुले आँप खेतीबाट मनग्य आम्दानीसमेत लिन थालेका छन् । तमोर नदी किनारसँगै पहाडको फेदीमा रहेको यस गाउँमा पहिला दिनमा बाँदर र रातमा बँदेल रुँघेर बस्नुपर्ने बाध्यता थियो तर आँप खेती लगाएपछि चौबिसै घण्टा बाँदर र बँदेल रुँघ्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ स्थानीइ ६४ वर्षिय डेढराज दाहाल । “पहिले अरु बाली लगाउँदा दिउँसो…
Read More
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

२ चैत,नेपालगञ्ज । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरीले वन जङ्गल डढेलोका कारण मासिँदै जाने र अक्सिजनका लागि अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुख र नयाँ बिरुवाको संरक्षण गर्ने प्रमुख दायित्व स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको भएको उल्लेख गर्दै मन्त्री चौधरीले वातावरण परिवर्तन हुनबाट जोगाउन शून्य वन डढेलो अभियानलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिनुभयो । हरेक वर्ष…
Read More
खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

२ चैत,गण्डकी । पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माणको प्रक्रियाले यस क्षेत्रको समृद्धि र विकासको आशा जगाएको हो । पुल नहुँदा गगनगौडा क्षेत्रबाट आफ्नै वडा नं ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेकामा अब पुल बनेपछि सहज हुने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताउनुभयो…
Read More
‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

‘यौटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

१ चैत,काठमाडौं । समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्नुहुने नाट्य निर्देशक अनुप बरालले ‘यौटा सपनाको अवसान’ को तयारी गर्दै हुनुहुन्छ । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो । “नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउने छ । यो अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो । आर्थर मिलरद्वारा लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गर्नुभएको हो”, निर्देशक बरालले भन्नुभयो । नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २०औँ शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ । अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको यो नाटक विश्वका धेरै देशमा पनि मञ्चन…
Read More
दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

१ चैत,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो । आजको कारोबारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर रू एक अर्ब २० करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आजको कारोबारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ४६ र लघुवित्त समूहको उपसूचक ६८ दशमलव ३५ अङ्कले घटेको छ । साथै बैंकिङ समूह नौ दशमलव…
Read More
वन डढेलो नियन्त्रण सप्ताह सुरु

वन डढेलो नियन्त्रण सप्ताह सुरु

१ चैत,सुरुङ्गा (झापा) । ‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित आजबाट वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय धाइजनको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । अभियानको उद्घाटन डिभिजन वन कार्यालय झापाका निमित्त कार्यालय प्रमुख जीवनप्रसाद पाठकले गर्नुभयो । डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता प्ले कार्डसहित मेचीनगरस्थित प्रगति सामुदायिक बनबाट सुरु गरिएको सचेतना ¥याली चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो । सभामा डिभजन वन कार्यालयका प्रमुख पाठक, मेची सव…
Read More
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा

रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा

१ चैत,काठमाडौँ । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ । सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले राससलाई जानकारी दिनुभयो । स्वार्थभन्दा माथि उठेर समुदायका सेवा गर्ने उद्देश्यले एक सय ८८ वर्षअघि रोटरी क्लबको सुरुआत् भएको थियो । क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ । रोटरी क्लबले विद्यालयमा बालिकामैत्री शौचालय निर्माणलाई प्राथमिकता दिएको छ । पोलियो उन्मूलनमा सरकारलाई विशेष सहयोग गरेको क्लबले स्वास्थ्य संस्थामा सा–साना उपकरण दिने गरेको छ । क्लबले वातावरण संरक्षणका लागि वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखेको…
Read More
Page 226 of 304
1 … 224 225 226 227 228 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.