‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै
२९ फागुन,भजनी । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन् । बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति-सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीको भनाइ छ । “हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भए पनि रातको समयमा उज्यालो हुन थालेको छ”, प्रकाशले भन्नुभयो, “जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।” अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न…
