समाज

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

३० फागुन,काठमाडौँ । यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा,…
Read More
गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

३० फागुन,गलकोट । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्नका लागि कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी)को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा परियोजना निर्माण गर्न थालिएको छ । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत…
Read More
संरक्षण नहुँदा गिद्ध सङ्कटमा

संरक्षण नहुँदा गिद्ध सङ्कटमा

३० फागुन,बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चाैडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ । पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् । उहाँले भन्नुभयो, “अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको…
Read More
धातुजन्य किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

धातुजन्य किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

३० फागुन,ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ । साइनबोर्ड राख्ने क्रम बढ्को क्रममा छ । पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका नाम तथा सम्पर्क नम्बर उल्लेख गरिएका बोर्ड देखिन्छन् । टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा भुण्ड्याउने प्रवृत्ति बढ्दै जाँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने पाथीभरा क्षेत्रका होटल व्यवसायी बताउँछन् । धातुजन्य किला गाड्दा कतिपय बोटबिरुवा चाँडै…
Read More
पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

पर्यटन प्रवर्द्धनार्थ ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

३० फागुन,तनहुँ । तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो । उहाँले भन्नुभयो, “यस वर्ष पर्यटन शाखामार्फत रु २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ ।” त्यसैगरी बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने…
Read More
मौलिक संस्कृति पुगेन घरबासमा

मौलिक संस्कृति पुगेन घरबासमा

२९ फागुन,कुश्मा । महिना दिनअघि नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले गुरुङ गाउँ आर्थर डाँडाखर्कमा खबर शिविर सञ्चालन ग¥यो । गाउँका धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका गन्तव्यलाई उजागर गर्न सञ्चारकर्मीको समूह आर्थर डाँडाखर्क पुगेको थियो । समुदायस्तरमा सञ्चालित घरबास (होमस्टे) मा, कला, संस्कृति, स्थानीय रहनसहन, खानपिन र गाउँको मौलिकतालाई नजिकदेखि हेर्ने र बुझ्ने उत्सुकता सञ्चारकर्मीमा देखिन्थ्यो । “गुरुङ समुदायको आफ्नै मौलिक परम्परा र संस्कृति पुस्तान्तरण नहुँदा हराउँदै गएको छ । बसाइँसराइका कारण गाउँ रित्तिँदै जान थालेपछि यानीमाया, सुनीमाया, सालै जो भाका सुनिन छाडेका छन् ।”, नेपाल पत्रकार महासङ्घ पर्वत शाखा अध्यक्ष सन्तोष थापाले भन्नुभयो, “पर्वतका धेरै घरबासमा मौलिक खालको संस्कृति भेटिँदैन…
Read More
ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी

ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी

२९ फागुन,पाटन । एकपछि अर्को हुँदै ललितपुरमा शृङ्खलाबद्ध रुपमा मूर्ति चोरी हुने क्रम बढेको छ । यही फागुन १७ मा चापागाउँस्थित पुरानो बसपार्कसँगै मोति पुस्तकालय आडमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भयो । त्यसको ठीक ११ दिनपछि आइतबार राति सोही चैत्यबाट फेरि दुईवटा मूर्ति चोरी भए । मोति पुस्तकालय आडमा रहेको बुद्धको चैत्य चापागाउँ प्रहरी चौकीबाट तीन सय मिटरको दूरीमा पर्छ । रातिको समयमा बसपार्कमा प्रहरीले गस्ती गरिरहेको हुन्छ । मोति पुस्तकालय बसपार्कबाट १० मिटरको दूरीमा छ । चैत्यमा राखिएका चार मूर्तिमध्ये तीन वटा चोरी भइसकेको छ । चोरिएका यी मूर्तिहरु इस्वी संवत् ८२७ मा स्थापना गरिएको शिलालेखमा उल्लेख छ…
Read More
नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

नेप्सेमा २४ दशमलव ६८ अङ्कको गिरावट

२९ फागुन,काठमाडौँ । पूँजीबजारमा यो साता कारोबारको लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ । हिजो आइतबार २६ दशमलव ८० अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज २४ दशमलव ६८ अङ्कले घटेको हो । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा कायम भएको छ । आज दुई सय ५६ कम्पनीको ३३ लाख ६९ हजार एक सय ३६ कित्ता शेयर २६ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रू एक अर्ब १६ करोड २५ लाख तीन हजार बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक…
Read More
अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ: विज्ञहरु

अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ: विज्ञहरु

२९ फागुन,काठमाडौँ । अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा बनिरहेको भन्दै उनीहरुले अनलाइन सञ्चारमाध्यमलाई मुलधारमा ल्याइनुपर्नेमा जोड दिए । ‘नारी नेपाल अनलाइन पत्रिकाको’ आज उद्घाटन कार्यक्रमका वक्ताले अनलाइनलाई विश्वसनीय बनाएर छिटोछरितो र भरपर्दो सामग्री सम्प्रेषण गरिनुपर्ने औँल्याए । सांसद अनिता देवकोटाले अनलाइन मिडियाले पेसागत मर्यादालाई ख्याल गरी भरपर्दो, छिटो र छरितो बनाएर विषयवस्तु दिनसक्नुपर्ने बताउनुभयो । उहाँले नारी नेपाल अनलाइनका माध्यमबाट महिलाको वृत्ति विकास र संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि खबरदारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।…
Read More
लोपोन्मुख डङ्गर गिद्ध मृत फेला

लोपोन्मुख डङ्गर गिद्ध मृत फेला

२९ फागुन,नवलपुर । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेको छ । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिनुभयो । “गिद्ध मरेको ठाउँमा एउटा स्याल पनि मरेको भेटिएको छ” उहाँले भन्नुभयो, “स्यालको विषाक्त मासु खाएर गिद्ध मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।” गिद्ध मर्नाको कारणबारे अनुसन्धान तथा खोजीका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालयका टोली घटनास्थल पुगी अनुसन्धान थालेको वन अधिकृत काफ्लेले जानकारी दिनुभयो…
Read More
Page 233 of 304
1 … 231 232 233 234 235 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.