शालिग्राम सङ्ग्रहालय अवलोकन गर्ने बढे
१७ वैशाख,गलकोट । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालिगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका-४ कुँडुलेमा रहेको तिरुपति बालाजी धाममा श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय निर्माणपछि शालिग्राम दर्शनका लागि आउने पर्यटकको सङ्ख्यामा बढेको सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । “हिन्दूधर्मालम्बीका लागि कालो रङ्गको…
