समाज

‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै

‘लिफ्टिङ’ गरेर रामपुरतर्फ पानी ल्याइँदै

१८ वैशाख,रामपुर (पाल्पा) । आफ्नै गाउँ ठाउँमा दिगो र भरपर्दो पिउने पानीको श्रोत नहुँदा रामपुर नगरपालिका ८ का स्थानीयले धेरै सास्ती खेप्नुपरेको छ । उनीहरु वर्षौंदेखि खोला किनारका पानी उपभोग गर्न बाध्य छन् । सो स्थानमा खानेपानीको पहुँच पुर्‍याउन अहिले लिफ्टिङ पद्धतिमार्फत काम भइरहेको छ । स्याङ्जा चापाकोट–९ बाट पाल्पा रामपुर–८ का विभिन्न टोल बस्तीमा खानेपानी पुर्‍याउन काम लिफ्टिङ जडानको काम धमाधम जारी छ । कालीगण्डकी नदी पारी चापाकोट नगरपालिका–९ स्थित नदीको किनार फतरामुलको पानी व्यवस्थापन गरी पाल्पा रामपुर ल्याउन लागिएको हो । सिद्धबाबा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निसर्दी खानेपानी तथा उपभोक्ता समितिले कालीगण्डकी पारी रहेको मुलमा बाँध बाँधेर…
Read More
५४ वर्षपछि माध्यमिक तह सञ्चालन

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

१८ वैशाख,खोटाङ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताउनुभयो । गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताउनुभयो । सो अवसरमा…
Read More
घट्दै निकुञ्जको घाँसे मैदान

घट्दै निकुञ्जको घाँसे मैदान

१७ वैशाख,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो । सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उहाँका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ । निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको…
Read More
स्टार्फ नर्स मृत फेला

स्टार्फ नर्स मृत फेला

१७ वैशाख,काठमाडौँ । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका–१६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो । घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ । उहाँले कोसी अस्पतालमा कार्यरत डा सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिनुभयो । घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ । प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।
Read More
एक दशकमा पनि बनेन टेकुको पुल

एक दशकमा पनि बनेन टेकुको पुल

१७ वैशाख,काठमाडौँ । एउटा पुल बन्न कति समय लाग्छ ? साना र सामान्य ढाँचाका भए एक वा दुई वर्ष लाग्छ । नेपालमा हाल निर्माण भइरहेका पुल हेर्दा लामो पुल र आधुनिक प्रविधिको पुल भए तीन चार वर्षसम्म लाग्ने देखिएको छ । तर काठमाडौँमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो तर निर्माण सकिएको छैन । टेकुको विष्णुमति नदीमा निर्माणाधीन पुल आर्थिक वर्ष २०५९-६० मा सुरु भए पनि हालसम्म समपन्न भएको छैन । पुल निर्माणमा त्रुटि रहेकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्नुपर्ने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कम गुणस्तरको पुल भएकाले अहिले त्यहाँ यातायात…
Read More
उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

उत्तरी गोरखाको विकट नाक्चेतमा पुग्यो मोटर

१७ वैशाख,गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउप्ााँलिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उहाँले भन्नुभयो,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न पनि धेरै सहज हुने भएको छ ।” सडक निर्माण भएसँगै यहाँ अहिले मोटरसाइकल तथा जिप चल्न थालेको छ। अव यहाँबाट गाउँपालिकाको केन्द्रसम्म हिँडेर आइपुग्न जम्मा आधा घण्टामात्र लाग्ने अध्यक्ष लामाको भनाइ थियो । “नाक्चेतबाट गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउनका लागि मोटररेबल पुल निर्माण गर्नुपर्ने अवस्था छ,” उहाँले…
Read More
घरसँगै जल्यो गोतामेको सपना

घरसँगै जल्यो गोतामेको सपना

१६ वैशाख,ढोरपाटन । शुक्रबार दिउँसो तमानखोला गाउँपालिका–१ हिजाका फारम गोतामे घर छेउको बारीमा काम गर्दै हुनुहुन्थ्यो । सोही बेला एक्कासि घरमा धुवाँसहित ठूलो आगोको मुस्लो देखियो । गोतामे चिच्याउँदै आफन्तलाई गुहार माग्दै आगो निभाउन लाग्नुभयो तर उहाँको प्रयासलेमात्र आगो निभाउन सकेन। एकै छिनमा हेर्दाहेर्दा घर खरानीमा बदलियो । घरसँगै आगोले भएभरका भाँडाकुँडा, लत्ताकपडा र खानेकुरा सबै जलेर नष्ट भयो । आगोको मुस्लोबाट गोतामेले कुनै पनि सामान बचाउन सक्नुभएन । आर्थिक अवस्था निकै कमजोर रहेका उहाँको घरसँगै गाँस बास, कपास सबै जलेर खरानी बन्यो । दिनभरी घरको आँगनमै आराम गरिराख्नु भएका गोतामे साँझपख घरविहीन हुनुभयो । आगोमा जलेर उहाँको फर्ने एक जोड…
Read More
पहिरोले अरुण नदी थुनियो

पहिरोले अरुण नदी थुनियो

१७ वैशाख,किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उहाँले बताउनुभयो । “टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो”, गोदारले भन्नुभयो । अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ ।…
Read More
टेलिकमको सूचना प्रविधि दिवस अफर

टेलिकमको सूचना प्रविधि दिवस अफर

१७ वैशाख,काठमाडौँ । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ । दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा, रु एक सय ९९ मा सात दिन चलाउन सकिने १३ जिबी डाटा,…
Read More
दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

दोगडाकेदारमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध

१७ वैशाख,बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा विगत पाँच दिनदेखि सञ्चारसेवा अवरुद्ध भएको छ । दोगडाकेदारको सिल्लेगडामा रहेको सिल्लेगडास्थित नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चार सेवा अवरुद्ध भएको हो । सञ्चार सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीय डम्बर कुँवरले बताउनुभयो । टावरमा समस्या आएपछि टेलिकमको भ्वाइस र इन्टरनेट सेवा अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कबाट विच्छेद हुनुपरेको छ । उक्त टावरमा समस्या आएपछि मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएकाले छिट्टै समस्या समाधान हुने नेपाल टेलिकम बैतडीको सजित प्याकुरेलले बताउनुभयो ।
Read More
Page 145 of 304
1 … 143 144 145 146 147 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.