विचार : श्रम बजारको अवस्था र श्रमिक दिवसको सान्दर्भिकता
१८ वैशाख,काठमाडौँ । आज श्रमिकका लागि एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने दिन हो, बलिदानीपूर्ण सङ्घर्षका बारेमा चेतना र शिक्षित गर्ने दिन हो । सरोकारवालामा श्रमिकले सडकबाट सामूहिक आवाज सुनाउने दिन हो । श्रमिक अधिकारका लागि सहादत हुने ती सबै श्रमिकलाई सम्झिने दिन हो र भन्ने हो हाम्रो सङ्घर्ष जारी छ । आजभन्दा ठीक एक सय ३७ वर्षअघि आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै अमेरिकाको सिकागो सहरको हेमार्केट चौकमा मजदुर उत्रिए । सङ्घर्षको मैदानमा मजदुर नेताहरुले शहादत प्राप्त गरे भने उक्त बलिदानीपूर्ण सङ्घर्षका क्रममा थुप्रै घाइते भए, जेल गए तर पनि दमनले सङ्घर्षशील श्रमिकको आवाजलाई…
