समाज

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण

१६ बैशाख,काठमाडौँ । कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौँस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरिएको हो । उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरुलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ । कार्यक्रममा पत्रकार रोचक घिमिरेले हास्यव्यङ्ग्य क्षेत्रमा भैरव अर्यालको अतुलनीय योगदान रहेको बताउनुभयो । भैरव आर्यालले हास्यव्यङ्ग्य क्षेत्रमा लेख्नुभएका लेखमार्फत नेपाली साहित्य जगतले ठूलो फड्को मारेको उहाँको भनाइ छ । भैरव अर्यालसँग निकट सम्बन्ध भएका कारण पत्रकार घिमिरेले आफू यो स्थान…
Read More
वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

वन्यजन्तुको आक्रमणबाट नौ महिनामा नौको मृत्यु

१७ वैशाख,चितवन । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वन्यजन्तुको आक्रमणबाट नौ जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । जसमा छ जनाको निकुञ्ज क्षेत्रमा र तीन जनाको डिभिजन वन क्षेत्र मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज क्षेत्रमा एक जना बाघको आक्रमणबाट, दुई जना गैँडाको आक्रमणबाट, तीन जना हात्तीको आक्रमणबाट मृत्यु भएको छ । अन्य चार जनाको डिभिजन वन कार्यालय चितवन, डिभिजन वन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय मकवानपुरका क्षेत्रमा जनावरको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन क्षेत्रमा बँदेल, गैँडा, बाघलगायतका जनावरको आक्रमणबाट…
Read More
पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

पशुवस्तुको उपचार तथा बाँझोपन निवारणका लागि उपचार शिविर

१७ वैशाख,गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पशुवस्तुको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि एकदिने शिविरमा सात हजार पाँच सय ८० पशुवस्तुको स्वास्थ्योपचार गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोग र गाउँपालिका पशु शाखा तथा वडा कार्यालयको आर्थिक सहयोगमा वडा नं ४ रन्चोकमा शिविरमा आयोजना गरिएको पशुसेवा विज्ञ केन्द्र गोरखाका अधिकृत तथा सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो । “शिविरमा विभिन्न एक सय ३७ शीर्षकमा पशुवस्तुको उपचार गरिएको थियो”, सूचना अधिकारी डा अर्यालले भन्नुभयो, “सो क्रममा चार सय ११ गाईगोरु, दुई हजार सात सय ८० भाडाबाख्राको उपचार गरिएको हो ।” त्यस्तै रागाभैँसी दुई सय…
Read More
दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

१७ वैशाख,कमलामाई । सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो । काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाईँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते अवस्थामा रहनुभएका प्यूठानको प्यूठान नगरपालिका–८ का ३३ वर्षीय योगेन्द्र थापालाई थप उपचारका लागि…
Read More
आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

१७ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाँैसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाँै उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाँै उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा…
Read More
जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

१७ वैशाख,जनकपुरधाम । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ । नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो । करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो । तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह…
Read More
विकट ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा..

विकट ‘गङ्गटे’मा मन्त्री मास्की पुग्दा..

१७ वैशाख,तुलसीपुर । दाङको कर्णाली भनेर चिनिने ‘गङ्गटे’ भौगोलिक हिसाबले मात्रै नभई विकासका हिसाबले पनि निकै पछि छ । बबई गाउँपालिका–१ मा पर्ने उक्त ठाउँमा विद्युत्का पोल गाडिएको चार वर्ष भयो । दुई वर्षअघि त्यहाँ विद्युत् उद्घाटन पनि भयो । तर त्यो विद्युत् उद्घाटनको दिनमात्रै बल्यो, त्यसपछि विद्युत् बलेन । अहिले सबैका घर अगाडि विद्युत्का पोल र तार टाँगिए पनि विद्युत् भने पुगेको छैन । सडक सञ्जालको अवस्था पनि निकै नाजुक छ । आधा घन्टामा पुग्नुपर्ने ठाउँमा साढे दुई घन्टा लाग्ने गर्छ । यतिमात्रै होइन, वर्षात्मा कोही बिरामी परे चार घन्टा किउरेनीबाट पैदल हिँडेर कि त हापुरे पुग्नुपर्छ, कि त…
Read More
चट्याङ लागेर महिलाको मृत्यु

चट्याङ लागेर महिलाको मृत्यु

१७ वैशाख,ओखलढुङ्गा । शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ । घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।
Read More
सहिदको सम्मान उद्यान निर्माण गरिँदै

सहिदको सम्मान उद्यान निर्माण गरिँदै

१७ वैशाख,ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो । उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस…
Read More
हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

१७ वैशाख,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो । कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५ आधारभूत तथा १२ माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ । जनता मावि सल्लेका कक्षा ४ मा अङ्ग्रेजी, नेपाली, गणित र…
Read More
Page 147 of 304
1 … 145 146 147 148 149 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.