आफ्नाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्छु : वडा अध्यक्ष लामा
१० कात्तिक, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गापामा…
