Uncategorized

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

१९ फागुन,ओखलढुङ्गा । यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो । पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो । यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ । “विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भन्नुभयो, “जङ्क…
Read More
अन्तर्वार्ता- जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

अन्तर्वार्ता- जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ : नेम्वाङ

१९ फागुन,काठमाडौँ । नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।” संविधानसभाका अध्यक्ष नेम्वाङले अर्काे प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद…
Read More
चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु

१९ फागुन,तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१…
Read More
अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

अनुदानबाट व्यवसाय गर्दै अपाङ्गता भएका व्यक्ति

१९ फागुन,कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले…
Read More
कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

१८ फागुन,जाजरकोट । शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ । पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिनुभयो । पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० लाख लागतमा सडक निर्माण कार्य जारी छ ।सडकको पहुँच नहुँदा नेपामा उत्पादन भएको तरकारी बाली खेर गएर कृषक मर्कामा परेको भन्दै सडकको पहुँच विस्तार गर्न लागिएको अधिकृत बाँठाले बताउनुभयो । पालिकाका अन्य ठाउँमा समेत उत्पादन भएका कृषिजन्य वस्तु निर्यात गर्न पालिकाले काम…
Read More
सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

१७ फागुन,एजेन्सी । राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली अधिकारीहरुले यसअघिदेखि नै देशमा खाद्यान्नको संकट परेको बताउने गरेका थिए । यहाँ खाद्य सङ्कटमा परेका मध्ये कम्तीमा पनि एक लाख जना त अहिले नै भोकमरीमा परेका बताइएको छ । खाद्यान्न सम्बन्धी विज्ञलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सोमालियाको अवस्था निकै खराब बन्दै गएको बताउनुभएको छ । उहाँका अनुसार सोमालियाका अनुमानित १८ लाख बालबालिका कुपोषणमा परेका छन् र तीमध्ये किरब पाँच…
Read More
राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्नेलाई

१७ फागुन,रुकुम (पूर्व) । यहाँ सञ्चालन गरिएको १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो । विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो । त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र…
Read More
स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

१५ फागुन,रामपुर (पाल्पा) । आधारभुत स्वास्थ्य सेवा गाउँघरकै स्वास्थ्य संस्थामै हुने भए पनि छाती र पेट दुख्ने समस्याले ६० वर्षीय हुमकला कामी राम्रो उपचारको अभावमा ग्रस्त हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँले निजी अस्पतालमा गएर उपचार गराउन सक्नुभएको थिएन । हाल रामपुरमा मुटु तथा मृगौलाका बिरामीलाई लक्ष्य गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले उहाँलाई पनि यसबाट राहत मिलेको छ । शिविरमा आफ्ना रोगको उपचार गराउन पाउँदा हुमकला खुशी देखिनुहुन्छ । “छाती, पेटसम्बन्धी समस्याले बेला–बेलामा दुःख दिएको थियो, गाउँका स्वास्थ्य संस्थामा उपचार गरायो पटक्कै निको नहुने” हुमकला भन्नुहुन्छ, “बाहिरका अस्पतालमा गएर उपचार गर्न सक्ने क्षमता छैन, हामीजस्ता रोगसँग लडेर बाँचेका…
Read More
बोका वितरण

बोका वितरण

१५ फागुन,ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिनुभयो । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उहाँको भनाइ छ । नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । तेइस जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा…
Read More
नेपाल टेलिकमको प्रिपेड मोवाइलमा समस्या

नेपाल टेलिकमको प्रिपेड मोवाइलमा समस्या

१५ फागुन, काठमाडौं ।  नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ । सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए । ‘कतिपय ठाउँमा ‘अप्टिमाइजेसन’ गर्नुपर्ने भएकाले त्यसको काम भइरहेको छ, त्यसैले केही ठाउँमा समस्या देखिएको हो’ उनले भने ।
Read More
Page 35 of 40
1 … 33 34 35 36 37 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.